STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक २७, बुधबार

    राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट

    चार दिने नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि...

  • २०७६ कार्तिक २७, बुधबार

    भ्रमण वर्षको सन्देश ७१ देशमा एकै पटक

    भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण...

  • २०७६ कार्तिक २७, बुधबार

    बन्दीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण

    बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक...

  • २०७६ कार्तिक २७, बुधबार

    बङ्गलादेशका राष्ट्रपति नेपालसंग आर्थिक साझेदारी बढाउने पक्षमा

    बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा हुनुहुन्छ । बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले आर्थिक साझेदारीका लागि पर्यटन र उर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको हो । सम्मानित विशिष्ट अतिथि राष्ट्रपति हमिद नेपालको औपचारिक सद्भावना भ्रमणमा हुनुहुन्छ...

  • २०७६ कार्तिक २७, बुधबार

    बिक्न छाड्यो मादल

    दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उहाँलाई सिजनमा पनि १५÷१६ वटा बेच्न धौधौ छ । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन्, यसले गर्दा हामी निराश भएका छौँ ।” चाडपर्वको समयमा केही बिक्ने भए पनि अन्य समयमा झनै सुनसान हुने गरेको उहाँको भनाइ छ । “...

  • २०७६ कार्तिक २७, बुधबार

    ‘बङ्गलादेशीहरु नेपाललाई स्वर्ग मान्छन् ’

    नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने सङ्घको विश्वास छ । सङ्घका अध्यक्ष दीनदया रिजालले रासससँग कुरा गर्दै भन्नुभयो, “बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई...

  • २०७६ कार्तिक २७, बुधबार

    वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

    पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिनुभयो । सडकमुनिबाट वन्यजन्तु वारपार...

  • २०७६ कार्तिक २७, बुधबार

    रुपामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी

    नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ । पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ...

  • २०७६ कार्तिक २७, बुधबार

    जागिरबाट अवकाशप्राप्त जीवन ः अशक्तलाई लठ्ठी उपहार

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका वृद्धवृद्धा तथा अशक्तलाई वितरण गर्नमा व्यस्त हुनुहुन्छ । विसं २०७४ जेठ १९ गते सरकारी ९जागिर नायबसुब्बा० बाट अवकाश प्राप्त ६३ वर्षीय आचार्यले एक वर्षभित्र एक हजार आठ ज्येष्ठ नागरिक तथा अशक्तलाई लठ्ठी प्रदान गर्ने लक्ष्यका साथ गत वैशाख १ गतेबाट अभियान शुरु गर्नुभएको हो । हरेक...

  • २०७६ कार्तिक २७, बुधबार

    आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक स् गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उहाँले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिनुभयो । “संगठित अपराध, लागूऔषध, मानव...

  • २०७६ कार्तिक २७, बुधबार

    राससकर्मी सम्मानित

    राष्ट्रिय समाचार समिति रासस का बेझाड र रामपुर समाचारदाता सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित हुनुभएको छ । पाल्पाको रामपुरमा सञ्चालनमा रहेको सामुदायिक रेडियो रामपुरको ११ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार उहाँहरु सम्मानित हुनुभएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल र रेडियो सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाले संयुक्त रुपमा उहाँहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको छ ।...

  • २०७६ कार्तिक २७, बुधबार

    गुरुवागाउँ मेला भेडा जुधाएर बहादुरी

    नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले...

Pages