राष्ट्रिय
-
२०७६ कार्तिक २५, सोमबार
चराङ विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण...
-
२०७६ कार्तिक २५, सोमबार
रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
कैलालीको शहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म जोड्ने बोगटान सडक कालोपत्रको कार्यमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गर्नुभएको थियो । प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गर्नुभएसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो । नालीको काम सकिए पनि सडक किनारामा भएका रुख कटान गर्ने आदेश नपाउँदा अहिले...
-
२०७६ कार्तिक २५, सोमबार
मोहना–राजघाट पुल अलपत्र
कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट जोड्ने मोहना—राजघाट पुल अलपत्र परेको छ । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको हो । कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्न लाग्दा पनि पुल निर्माण हुन सकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार दुई वर्षभित्र काम सम्पन्न...
-
२०७६ कार्तिक २५, सोमबार
दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन
युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । दशाँै संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो । उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक...
-
२०७६ कार्तिक २५, सोमबार
डोजर प्रकरण प्रतिवेदन बुझाउन ढिलाइ
यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन । कात्तिक ५ गते २४ घण्टाको समय सीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्व पाँच सदस्यीय छानबिन...
-
२०७६ कार्तिक २५, सोमबार
लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कात्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ । सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा बैठक हुन लागेको हो । कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ । उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको...
-
२०७६ कार्तिक २५, सोमबार
उपनिर्वाचन २०७६ तयारी तीव्र
आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त...
-
२०७६ कार्तिक २५, सोमबार
धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा
जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो । गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई...
-
२०७६ कार्तिक २५, सोमबार
बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले...
-
२०७६ कार्तिक २५, सोमबार
बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्ला०का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुई जिल्लाका करीब ४४...
-
२०७६ कार्तिक २५, सोमबार
गणतन्त्र स्मारक अझै भएन सञ्चालन
उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गर्नुभएको थियो । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले...
-
२०७६ कार्तिक २५, सोमबार
सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा...


