relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक २८, बिहिबार

    शैक्षिक सामाग्री वितरण

    जिल्ला प्रहरी कार्यालय पाल्पाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रामपुर नगरपालिका–१० स्वामीभञ्याङस्थित सिद्ध प्राविका कक्षा ३ मा अध्ययनरत ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भने प्रहरीले व्यक्ति तथा विभिन्न संस्थाबाट शैक्षिक सामग्री सङ्कलन गर्दै आएको छ । जिप्रका...

  • २०७६ कार्तिक २८, बिहिबार

    डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

    मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ...

  • २०७६ कार्तिक २८, बिहिबार

    पक्की घर हस्तान्तरण भएपछि मुसहर परिवारमा खुशी

    कावासोती नगरपालिकाअन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ । नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र कावासोती नगरपालिकाको नगरभित्र खरको छानोमुक्त घर बनाउने योजनाअनुसार यहाँका विपन्न माझी, मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिकाअन्तर्गत यहाँका चार वडाका २७ घरपरिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेसँगै घर पाउने विपन्न परिवार खुशी भएका...

  • २०७६ कार्तिक २८, बिहिबार

    कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

    कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई वर्ष लाग्ने जनाएको छ । प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर सुरेन्द्र अग्रहरिले लाइन विस्तारका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताउनुभयो । “चालू आर्थिक...

  • २०७६ कार्तिक २८, बिहिबार

    राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई

    राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी नेपाली एकता समाजले गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन पार्टीका अध्यक्ष कमल थापा बुधबार अमेरिका प्रस्थान गर्नुभएकाले पार्टीको दैनिक कार्यसम्पादन गर्न तामाङलाई जिम्मेवारी दिइएको पार्टीका सहायक...

  • २०७६ कार्तिक २७, बुधबार

    माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

    पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र...

  • २०७६ कार्तिक २७, बुधबार

    गुरुवागाउँ मेला भेडा जुधाएर बहादुरी

    नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले...

  • २०७६ कार्तिक २७, बुधबार

    नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण

    सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप मिनी पानीजहाजको परीक्षणयात्रा टेष्ट ड्राइभ यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध...

  • २०७६ कार्तिक २७, बुधबार

    सीमा मिचिएको विरोधमा प्रदर्शन

    राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् । विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर आज भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा...

  • २०७६ कार्तिक २७, बुधबार

    पहाड–मधेशलाई जोड्दै संस्कृत शिक्षा

    संस्कृृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको यहाँका बासिन्दा बताउँछन् । संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती रहेका मटिहानीवासीको...

  • २०७६ कार्तिक २७, बुधबार

    राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

    नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई...

  • २०७६ कार्तिक २७, बुधबार

    कामपाको ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारिता न्यून

    काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो । कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु...

Pages