STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक २६, मंगलबार

    चौरजहारीमा नगरबस सञ्चालनमा

    रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो । नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन नगरबस सञ्चालन गरिएका नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन नगरबस सञ्चालनमा ल्याएको छ । बसका लागि...

  • २०७६ कार्तिक २६, मंगलबार

    सिसडोलको फोहर व्यवस्थापन गरिँदै

    काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने...

  • २०७६ कार्तिक २६, मंगलबार

    पर्यटकका लागि कर्णाली राजमार्गमा अग्र्यानिक घरवास

    देश–विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अग्र्यानिक घरवास होमस्टे सञ्चालन गरिएको छ । कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका प्रमुख घनश्याम...

  • २०७६ कार्तिक २६, मंगलबार

    ‘एक घर, एक करेसाबारी’ कार्यक्रम प्रभावहीन

    नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ मा दुई हजार बढी घरधुरी छन् । गत वर्ष वडा नं १ ले अभियानकै रूपमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम शुरु गरेपछि मुस्किलले २०० घरधुरीमा करेसाबारी तयार गरियो । जनप्रतिनिधिसँग पहुँच राख्नेले करेसाबारीको लाभ लिएको स्थानीयवासीको गुनासो छ । “अभियान नै भनिएको कार्यक्रम पहुँचमा केन्द्रित भएर सञ्चालन भयो”, वडा नं १ धम्बोझीकी स्मृति डिसीले भन्नुभयो । अहिले पनि करीब एक हजार...

  • २०७६ कार्तिक २६, मंगलबार

    आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द

    झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर...

  • २०७६ कार्तिक २६, मंगलबार

    पत्रकार गेलाङका परिवारलाई दुर्घटना बिमा

    गत जेठ २९ गते गाडीको ठक्करबाट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक स्व नन्दबहादुर गेलाङका परिवारलाई दुर्घटना बीमा प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ‘पत्रकार दुर्घटना बिमा चेक हस्तान्तरण’ कार्यक्रममा स्व पत्रकार गेलाङकी धर्मपत्नी टीका गेलाङलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही...

  • २०७६ कार्तिक २६, मंगलबार

    बंगलादेशी राष्ट्रपति आइपुगे, विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्। उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्। ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा...

  • २०७६ कार्तिक २६, मंगलबार

    प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

    प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो गुप्तचर राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित...

  • २०७६ कार्तिक २६, मंगलबार

    सुशासनलाई उच्च प्राथमिकताः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ । काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उहाँले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य शहनशीलता...

  • २०७६ कार्तिक २६, मंगलबार

    राप्रपा संयुक्तले धार्मिक जागरण यात्रा गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ । पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको...

  • २०७६ कार्तिक २६, मंगलबार

    संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण

    पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ आईआरएफ र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । सम्मेलनमा सहभागी...

  • २०७६ कार्तिक २६, मंगलबार

    तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने

    चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र ओइल पेन्टिङ बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन...

Pages