relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक २६, मंगलबार

    पत्रकार गेलाङका परिवारलाई दुर्घटना बिमा

    गत जेठ २९ गते गाडीको ठक्करबाट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक स्व नन्दबहादुर गेलाङका परिवारलाई दुर्घटना बीमा प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ‘पत्रकार दुर्घटना बिमा चेक हस्तान्तरण’ कार्यक्रममा स्व पत्रकार गेलाङकी धर्मपत्नी टीका गेलाङलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही...

  • २०७६ कार्तिक २६, मंगलबार

    बंगलादेशी राष्ट्रपति आइपुगे, विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

    बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्। उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्। ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा...

  • २०७६ कार्तिक २६, मंगलबार

    प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

    प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो गुप्तचर राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित...

  • २०७६ कार्तिक २६, मंगलबार

    सुशासनलाई उच्च प्राथमिकताः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ । काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उहाँले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य शहनशीलता...

  • २०७६ कार्तिक २६, मंगलबार

    राप्रपा संयुक्तले धार्मिक जागरण यात्रा गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ । पार्टीले सीताको जन्मभूमि जनकपुरबाट चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिकयात्रा सम्पन्न गर्ने बताइएको...

  • २०७६ कार्तिक २६, मंगलबार

    संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण

    पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ आईआरएफ र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । सम्मेलनमा सहभागी...

  • २०७६ कार्तिक २५, सोमबार

    लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा

    लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक यही कात्तिक २९ र ३० गते गैँडाकोटमा हुने भएको छ । सोही डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा बैठक हुन लागेको हो । कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ । उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको...

  • २०७६ कार्तिक २५, सोमबार

    उपनिर्वाचन २०७६ तयारी तीव्र

    आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त...

  • २०७६ कार्तिक २५, सोमबार

    धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा

    जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो । गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई...

  • २०७६ कार्तिक २५, सोमबार

    बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

    दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गर्नुभएको छ । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गर्नु भएको हो । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले...

  • २०७६ कार्तिक २५, सोमबार

    बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

    बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्ला०का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुई जिल्लाका करीब ४४...

  • २०७६ कार्तिक २५, सोमबार

    गणतन्त्र स्मारक अझै भएन सञ्चालन

    उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गर्नुभएको थियो । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले...

Pages