राष्ट्रिय
-
२०७६ कार्तिक २५, सोमबार
बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा
बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्ला०का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुई जिल्लाका करीब ४४...
-
२०७६ कार्तिक २५, सोमबार
गणतन्त्र स्मारक अझै भएन सञ्चालन
उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गर्नुभएको थियो । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले...
-
२०७६ कार्तिक २५, सोमबार
सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा...
-
२०७६ कार्तिक २५, सोमबार
हक्की सङ्घमा मर्सानी
जिल्ला आइस हक्की सङ्घको अध्यक्षमा पुनः विद्या मर्सानी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको आज पोखरामा भएको अधिवेशनले मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पुनम गुरुङ र कोषाध्यक्षमा विजय गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यमा सुनिल मानन्धर, अरुण दत्त, शेरबहादुर गुरुङ, इन्द्रा ढकाल र दीननाथ...
-
२०७६ कार्तिक २५, सोमबार
जिल्लाकै ठूलो गौराती मेला शुरु
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेलाका लागि सोमबारदेखि चहल पहल शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएको हो । सोही मेलालाई ध्यानमा राखेर चौतारा सागाचोकगढी नगरपालिकाले नगरपालिका...
-
२०७६ कार्तिक २५, सोमबार
विद्यार्थीको गुनासो भिरालोमा भवन भयो, पानीको मूल सुक्यो
बैतडीको दशरथचन्द नगरपालिका–३ खतेडीस्थित कुलौन माविको भवन भिरालो जमीनमा भएकाले विद्यार्थीलाई विद्यालय हाताभित्रै जोखिमको खतरा छ । विसं २००४ मा प्राथमिक तहबाट शुरु भएको यो विद्यालयसँग २७ रोपनी तीन आना भिरालो जग्गा छ । विद्यालयमुनि सल्ला र सिसौका रूखहरु भएकाले पहिरो जाने सम्भावना त छैन तर दुर्गाभवानी–सडक बनाउने क्रममा डोजर चलाउँदा विद्यालयमा आउने पानीको मूल सुकेको छ । गत वैशाखमा पानी पाउन मुस्किल...
-
२०७६ कार्तिक २५, सोमबार
हरि–अभिनव विद्वत् पुरस्कार रमा शर्मालाई
विशिष्ट साहित्यकार तथा शिक्षासेवी रमा शर्मालाई यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित हरि–अभिनव विद्वत् पुरस्कार प्रदान गरिने भएको छ । अभिनव साहित्य समाजले प्रत्येक वर्ष कात्तिक महिनामा वितरण गर्दै आएको रु तीस हजार राशि र ताम्रपत्रसहितको सो पुरस्कार यही कात्तिक ३० गते शनिबार वितरण गरिने समाजका अध्यक्ष साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो । उहाँले पिता...
-
२०७६ कार्तिक २५, सोमबार
सीमा स्तम्भ अनुगमन गर्नै मुश्किल
भारतसँग सीमा जोडिएको वडा हो, कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटा । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष चुनिनुभएका नारायणप्रसाद जैशीले गाउँ छेउमै रहेको प्यारातालपारि भारततर्फको मुख्य सीमा स्तम्भ नं १९५ अवलोकन गर्न पाउनुभएको छैन । भारतले लामो समयदेखि पुनर्बासमा रहेको प्यारातालमा स्वामित्व खोजिरहेको भए पनि प्यारातालभन्दा झण्डै ५०० मिटर वर भारततर्फ सीमा स्तम्भ नं १९५ छ ।झण्डै डेढ दशकदेखि ढलेको...
-
२०७६ कार्तिक २५, सोमबार
बेसहारा सडक मानवमुक्त नगर अभियान
दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ । बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष...
-
२०७६ कार्तिक २५, सोमबार
मन्त्री पोखरेलद्वारा अनशन तोड्न आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उहाँलाई अपिल गर्नुभयो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि...
-
२०७६ कार्तिक २५, सोमबार
काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न
काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्र मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक...
-
२०७६ कार्तिक २४, आइतबार
प्याराग्लाइडिङको परीक्षण उडान
बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका...


