हक्की सङ्घमा मर्सानी
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २५, सोमबार
जिल्ला आइस हक्की सङ्घको अध्यक्षमा पुनः विद्या मर्सानी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको आज पोखरामा भएको अधिवेशनले मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पुनम गुरुङ र कोषाध्यक्षमा विजय गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यमा सुनिल मानन्धर, अरुण दत्त, शेरबहादुर गुरुङ, इन्द्रा ढकाल र दीननाथ बराल छन् । एउटा सदस्य पछि मनोनित गरिने अध्यक्ष मर्सानीले बताउनुभयो ।
सङ्घका केन्द्रीय उपाध्यक्ष मदन केसीले पोखरा तथा समग्र नेपालमानै हक्की खेलको प्रशस्त सम्भावना रहेको औँल्याउनुभयो । उहाँले आगामी मङ्सिर २ गते सङ्घको केन्द्रीय महाधिवेशन हुने जानकारी दिनुभयो । जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जिल्लामा १०० खेलको सङ्घ दर्ता भएको उल्लेख गर्दै आइस हक्की सङ्घलाई आफ्ना गतिविधिलाई नियमित सञ्चालन गर्न आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय


