राष्ट्रिय
-
२०७६ कार्तिक २५, सोमबार
सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा...
-
२०७६ कार्तिक २५, सोमबार
हक्की सङ्घमा मर्सानी
जिल्ला आइस हक्की सङ्घको अध्यक्षमा पुनः विद्या मर्सानी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको आज पोखरामा भएको अधिवेशनले मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पुनम गुरुङ र कोषाध्यक्षमा विजय गुरुङ चयन हुनुभएको छ । यस्तै सदस्यमा सुनिल मानन्धर, अरुण दत्त, शेरबहादुर गुरुङ, इन्द्रा ढकाल र दीननाथ...
-
२०७६ कार्तिक २५, सोमबार
जिल्लाकै ठूलो गौराती मेला शुरु
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरको मेलाका लागि सोमबारदेखि चहल पहल शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रूपमा मानिएको हो । सोही मेलालाई ध्यानमा राखेर चौतारा सागाचोकगढी नगरपालिकाले नगरपालिका...
-
२०७६ कार्तिक २५, सोमबार
विद्यार्थीको गुनासो भिरालोमा भवन भयो, पानीको मूल सुक्यो
बैतडीको दशरथचन्द नगरपालिका–३ खतेडीस्थित कुलौन माविको भवन भिरालो जमीनमा भएकाले विद्यार्थीलाई विद्यालय हाताभित्रै जोखिमको खतरा छ । विसं २००४ मा प्राथमिक तहबाट शुरु भएको यो विद्यालयसँग २७ रोपनी तीन आना भिरालो जग्गा छ । विद्यालयमुनि सल्ला र सिसौका रूखहरु भएकाले पहिरो जाने सम्भावना त छैन तर दुर्गाभवानी–सडक बनाउने क्रममा डोजर चलाउँदा विद्यालयमा आउने पानीको मूल सुकेको छ । गत वैशाखमा पानी पाउन मुस्किल...
-
२०७६ कार्तिक २५, सोमबार
हरि–अभिनव विद्वत् पुरस्कार रमा शर्मालाई
विशिष्ट साहित्यकार तथा शिक्षासेवी रमा शर्मालाई यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित हरि–अभिनव विद्वत् पुरस्कार प्रदान गरिने भएको छ । अभिनव साहित्य समाजले प्रत्येक वर्ष कात्तिक महिनामा वितरण गर्दै आएको रु तीस हजार राशि र ताम्रपत्रसहितको सो पुरस्कार यही कात्तिक ३० गते शनिबार वितरण गरिने समाजका अध्यक्ष साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो । उहाँले पिता...
-
२०७६ कार्तिक २५, सोमबार
सीमा स्तम्भ अनुगमन गर्नै मुश्किल
भारतसँग सीमा जोडिएको वडा हो, कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटा । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष चुनिनुभएका नारायणप्रसाद जैशीले गाउँ छेउमै रहेको प्यारातालपारि भारततर्फको मुख्य सीमा स्तम्भ नं १९५ अवलोकन गर्न पाउनुभएको छैन । भारतले लामो समयदेखि पुनर्बासमा रहेको प्यारातालमा स्वामित्व खोजिरहेको भए पनि प्यारातालभन्दा झण्डै ५०० मिटर वर भारततर्फ सीमा स्तम्भ नं १९५ छ ।झण्डै डेढ दशकदेखि ढलेको...
-
२०७६ कार्तिक २४, आइतबार
जापानी नागरिक ओकेबाजेलाई शिक्षा पुरस्कार
करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । उहाँले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो । साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक...
-
२०७६ कार्तिक २४, आइतबार
प्याराग्लाइडिङको परीक्षण उडान
बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका...
-
२०७६ कार्तिक २४, आइतबार
शाकाहारी सम्मेलन कात्तिक २९ देखि
बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । शनिबार यहाँ आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । सम्मेलनमा...
-
२०७६ कार्तिक २४, आइतबार
महोत्सव सम्पन्न
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित वडा नं १ सापिङमा आयोजना गरिएको ‘प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६’ पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै शनिबार सम्पन्न भएको छ । मूलखर्क–भीमसेन मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दै त्यहाँका कृषि, पर्यापर्यटन विकास र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिने रमणीय क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न स्थानीय सरकार र...
-
२०७६ कार्तिक २४, आइतबार
साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय
पोखरा महानगरपालिकालगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताउनुभयो...
-
२०७६ कार्तिक २४, आइतबार
सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती
कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कृषिबाटै आर्थिक समृद्धि प्राप्त हुने भन्दै बर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीका ३२ शेयर सदस्यलाई प्रवद्र्धन गरी सामूहिक टमाटर खेतीमा आकर्षित...


