राष्ट्रिय
-
२०७६ कार्तिक २४, आइतबार
सहकारीको प्रवद्र्धनमा सामूहिक टमाटर खेती
कृषिमा युवाको आकर्षण बढाउँदै टमाटर ‘हब’ क्षेत्र बनाउने गरी यहाँको एक सहकारीले प्रवद्र्धन गरेपछि पश्चिम नवलपरासीको बर्दघाटका स्थानीय कृषक आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिकरूपमै सामूहिक टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कृषिबाटै आर्थिक समृद्धि प्राप्त हुने भन्दै बर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै सहकारीका ३२ शेयर सदस्यलाई प्रवद्र्धन गरी सामूहिक टमाटर खेतीमा आकर्षित...
-
२०७६ कार्तिक २४, आइतबार
घुम्ती शिविरबाट २१२ लाई नागरिकता
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र...
-
२०७६ कार्तिक २४, आइतबार
झोलुङ्गे पुल निर्माणपछि यात्रा सहज
बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ । बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला...
-
२०७६ कार्तिक २४, आइतबार
अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने
बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन । संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले अभिभावकसँग सहयोग शुल्कका नाममा शुल्क...
-
२०७६ कार्तिक २३, शनिबार
सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण ः नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेकपा काठमाडाँै महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर आज वसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सीमा सुरक्षा गर्न नसक्दा नै नेपालको भूमि अतिक्रमणको चपेटामा परेको बताउनुभयो । हालै...
-
२०७६ कार्तिक २२, शुक्रबार
सीमाका विषयमा सरकार अल्मलिदैन् ः प्रवक्ता बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गर्नुभएको छ । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज यहाँ अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताउनुभयो...
-
२०७६ कार्तिक २२, शुक्रबार
नेपालमा पहिलोपल्ट गोताखोर तालीम
नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो । तत्कालीन समयमा एक व्यक्तिलाई करीब रु १२ लाख...
-
२०७६ कार्तिक २२, शुक्रबार
ठेकेदार कम्पनी टाट पल्टेपछि लोकमार्ग अलपत्र
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिन लागेपछि अहिले यहाँको काम ठप्प छ । मार्ग खोल्न शुरु भएको २० वर्षपछि कालोपत्र गर्ने तयारी अघि बढेको भए पनि बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक अझै...
-
२०७६ कार्तिक २२, शुक्रबार
सम्झौताको ४२ दिनमै सडक कालोपत्र
तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर थापाले...
-
२०७६ कार्तिक २२, शुक्रबार
लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन
सानो भ¥याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५÷०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो । आव २०७६÷०७७ को...
-
२०७६ कार्तिक २२, शुक्रबार
हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड
शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । जसमध्ये...
-
२०७६ कार्तिक २२, शुक्रबार
राजदूतावास अगाडि धर्ना
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो । घेराउपछि आयोजित कोणसभामा अखिलका संयोजक ऐन महरले भारतलाई नेपालको भूमि अतिक्रमण नगर्न र असल छिमेकीका रुपमा व्यवहार गर्न आग्रह...


