राष्ट्रिय
-
२०७६ कार्तिक २२, शुक्रबार
देवघाटधाम र चित्रसारीमा एकादशी मेला
चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी...
-
२०७६ कार्तिक २२, शुक्रबार
आजदेखि स्काउट क्याम्पोरी
भरतपुर महानगरपालिका–३ नारायणगढमा रहेको भृकुटी बोर्डिङ स्कूलको आयोजनामा आज देखि तीन दिनसम्म भृकुटी नमूना स्काउट क्याम्पोरी २०७६ शुरु हँुदैछ । नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक क्याम्पोरी हुन लागेको हो । कार्यक्रम संयोजक रामु पाण्डेका अनुसार क्याम्पोरीमा चितवनसहित १४ जिल्लाका ८०० विद्यार्थी र २०० जना रोवर, रेञ्जर र शिक्षक सहभागी हुने कार्यक्रम रहेको छ । क्याम्पोरीका लागि आवश्यक...
-
२०७६ कार्तिक २२, शुक्रबार
स्थानीय तहको प्रतिवेदनः विकासले छलाङ मार्दै
जिल्लाका सबै स्थानीय तहमा सडकको ट्र्याक खोलिएको प्रतिवेदन सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति, जाजरकोटले जिल्लाका सबै स्थानीय तहलाई बोलाएर प्रगति विवरण पेश गर्न आग्रह गरेपछि यस्तो प्रतिवेदन सार्वजानिक भएको हो । भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिकामा केही समयअघि सडक पुगेको थियो । स्थानीय सरकार गठन भएदेखि जुनिचाँदे गाउँपालिका, कुशेगाउँपालिका र बारेकोट...
-
२०७६ कार्तिक २२, शुक्रबार
पाँचखाल लगानी सम्मेलनको तयारी गर्दै
पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यालयले जनाएको छ । “यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्दैछौँ, यसका लागि हामी निर्णय गरेरै तयारीमा जुटिसकेका छौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँका अनुसार पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो । नगरप्रमुख खरेलले...
-
२०७६ कार्तिक २२, शुक्रबार
‘सीमान्तकृत वर्गमा न्यायको पहुँच वृद्धि सरकारको प्राथमिकतामा’
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । विश्व बैंक समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको कानुन, न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएका मन्त्री ढकालले...
-
२०७६ कार्तिक २२, शुक्रबार
उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनुभयो । चराङमा बिहानसम्म पानी परिरहेको उहाँले बताउनुभयो । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो...
-
२०७६ कार्तिक २२, शुक्रबार
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध ¥याली गरेको छ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो । एक सय ५० भन्दा बढी विद्यार्थीसहित...
-
२०७६ कार्तिक २१, बिहिबार
उपनिर्वाचन २०७६ ः निर्वाचन आयोगको कार्यालय स्थापना
बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा वसन्तपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वसन्तपुरमा गरी दुई मतदान केन्द्रमा तीन मतदानस्थल रहेको वडामा दुई हजार ३६६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।...
-
२०७६ कार्तिक २१, बिहिबार
अघि बढ्यो मेलम्ची
मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्णरुपमा काम अघि बढाउने कम्पनीको योजना...
-
२०७६ कार्तिक २१, बिहिबार
समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा नीलहिरा समाजको आयोजना तथा मधेश मानवअधिकारको सहयोगमा बुधबार बुटवलमा गरिएको...
-
२०७६ कार्तिक २१, बिहिबार
हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । “केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा...
-
२०७६ कार्तिक २१, बिहिबार
नयाँ विद्यालय सञ्चालनमा रोक
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय...


