STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक २०, बुधबार

    विद्युतीय बारपछि चरिचरनमै खुम्चिए हात्ती

    भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि चरिचरन क्षेत्रमै हात्ती खुम्चिन थालेका छन् । सरकारले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कचनकबलदेखि उत्तरी भाग बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो सौर्य विद्युत्को तारबार लगाउने कार्य गरिरहेको छ । त्यसमध्ये...

  • २०७६ कार्तिक २०, बुधबार

    संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन

    कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन गरेको हो । समितिले बराहताल गाउँपालिका–८ झुल्केपानीस्थित हातेमालो कृषि तथा सहकारी संस्था,...

  • २०७६ कार्तिक २०, बुधबार

    कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य

    कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजानिक र निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोषणको अवस्थालाई सुधार गर्दै स्वास्थ्यको स्थिति सुधार गर्न सरकारले पहिलोपटक पोषणका क्षेत्रमा निजी क्षेत्रसितको सहकार्य अगाडि बढाएको हो । पाँच वर्षमुनिका करीब ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित हुने गरेका राष्ट्रिय आँकडा छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य...

  • २०७६ कार्तिक २०, बुधबार

    दिल्लीबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको ध्यानाकर्षण

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गर्नुभएको छ । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे...

  • २०७६ कार्तिक २०, बुधबार

    चिनियाँ कविको ‘आमाको हात’

    चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गर्नुभएको हो । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् । चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आउनुभएका माजियाका कवितामा आफ्नो...

  • २०७६ कार्तिक २०, बुधबार

    बालबालिकालाई न्यानो कपडा वितरण

    काडमाडाँै नार्गजुन नगरपालिका–१० साविकको स्युचाटार–४ का शिवप्रसाद पन्तलगायतको टोलीले आफ्नो रोजगारबाट प्राप्त आम्दानीको खर्चबाट बचत गरेर मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन् । वैदेशिक रोजगारमा काम गर्दै आएका पन्तलगायतको सात जनाको टोलीले शनिबार छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँका ३४ विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई हिल ट्याङ्की, फिल्टरलगायत २८ घरधुरीलाई कम्मल वितरण...

  • २०७६ कार्तिक २०, बुधबार

    झोलुङ्गे पुलको उद्घाटन

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मङ्गलबार गुल्मीको इस्मा गाउँपालिकाका वडा नं १ र २ जोड्ने हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । छिनुवा घर्तीफाँट छल्दीखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन गर्दै उहाँले सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवासलगायतका आधारभूत माग पूर्तिका लागि सरकार लागिपरेको बताउनुभयो । पुल बनेसँगै...

  • २०७६ कार्तिक २०, बुधबार

    पर्यटकको आकर्षण बन्दै तारेभिर पोखरी

    कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभिर पोखरी संरक्षण र आवश्यक भौतिक संरचना निर्माणसँगै यो आन्तरिक एवं बाह्य पर्यटकको पनि आकर्षण बनेको हो । स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको समेत अभाव रहेको तत्कालीन अवस्थामा पशुपालन र खेत...

  • २०७६ कार्तिक २०, बुधबार

    सामुदायिक घरवास सञ्चालनमा

    मुगुको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीगाँउमा स्थानीयवासीले सामुदायिक घरवास होमस्टे सञ्चालनमा ल्याएका छन् । सदरमुकाम गमगढीबाट पाँच घण्टा टाढा पर्ने माङ्ग्रीगाउँका १५७ घरधुरी लामा समुदाय बसोबास गर्छन् । पहिलो चरणमा करानी समुदाय संस्था केसीडेसीले २५ घरधुरीलाई घरवाससम्बन्धी तालीम उपलब्ध गराएपछि २५ घरधुरीले सामुदायिक घरवास सञ्चालनमा ल्याएका हुन्...

  • २०७६ कार्तिक २०, बुधबार

    स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै

    रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख...

  • २०७६ कार्तिक २०, बुधबार

    एकै ठाउँमा सात जातिका घर

    विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् । व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी...

  • २०७६ कार्तिक २०, बुधबार

    सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

    नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर...

Pages