relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक २१, बिहिबार

    विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा

    पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज ९एसएएडीसी०को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले...

  • २०७६ कार्तिक २१, बिहिबार

    महोत्तरीमा उपनिर्वाचनको तयारी

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र अन्य दुई नगरपालिकाका तीन वडामा हुने उपनिर्वाचनमा ती मतदाताले भाग लिनसक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लामा पिपराबाहेक बलवा नगरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ मा वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा पिपरा गाउँपालिकाका...

  • २०७६ कार्तिक २१, बिहिबार

    बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

    प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताउनुभयो । “विवाह गराउने मुख्य...

  • २०७६ कार्तिक २१, बिहिबार

    आजदेखि ‘रसुवा कला यात्रा’

    विगत एक वर्षदेखि चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको उपत्यकाका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन् । फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरुले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत...

  • २०७६ कार्तिक २१, बिहिबार

    श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी

    रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ । एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य यहाँका स्थानीयवासीले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् । खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी रु १९ हजार २०० का दरले कुल रु तीन लाख ६४ हजार ८०० रकम...

  • २०७६ कार्तिक २१, बिहिबार

    ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण

    चन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो । परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति तथा वडा नं १२ मा १७ ज्येष्ठ नागरिक रहेका छन्...

  • २०७६ कार्तिक २१, बिहिबार

    उम्मेदवार मनोनयनपत्र दर्ता आज

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ ९क०,...

  • २०७६ कार्तिक २१, बिहिबार

    पर्यटकीय गन्तव्य बन्दै ‘बाउन्नघोला सिमसार क्षेत्र’

    पश्चिम नवलपरासीमा रहेको बाउन्नघोला सिमसार क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । पूर्वपश्चिम राजमार्गको भूताहाबाट करीब दुई किलोमिटर उत्तरतर्फ रहेको यो सिमसार क्षेत्रलाई बर्दघाट नगरपालिकाले संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको हो । जैविक विविधताले महत्वपूर्ण यस सिमसार क्षेत्रमा पर्यापर्यटनको विकास गरी सिँचाइ सुविधालगायत बहुउपयोगी क्षेत्रको रुपमा विकास गर्ने...

  • २०७६ कार्तिक २१, बिहिबार

    धवलागिरि हिमाल आरोहणका लागि ३१ जनालाई अनुमति

    यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल ८१६७ मि को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ । म्याग्दीको...

  • २०७६ कार्तिक २१, बिहिबार

    भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

    गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिनुभयो । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उहाँले भन्नुभयो, “त्यसमध्ये...

  • २०७६ कार्तिक २१, बिहिबार

    भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

    नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । कार्यक्रममा नेविसङ्घका नेता दिपक भट्टराईले...

  • २०७६ कार्तिक २१, बिहिबार

    उपनिर्वाचन २०७६ ः निर्वाचन आयोगको कार्यालय स्थापना

    बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा वसन्तपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वसन्तपुरमा गरी दुई मतदान केन्द्रमा तीन मतदानस्थल रहेको वडामा दुई हजार ३६६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।...

Pages