राष्ट्रिय
-
२०७६ कार्तिक २०, बुधबार
एकै ठाउँमा सात जातिका घर
विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् । व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी...
-
२०७६ कार्तिक २०, बुधबार
स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै
रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख...
-
२०७६ कार्तिक २०, बुधबार
पैसठ्ठी किमीको भाडा दुई हजार पाँच सय
जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको...
-
२०७६ कार्तिक २०, बुधबार
सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन
नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर...
-
२०७६ कार्तिक २०, बुधबार
सिन्धुसिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा
यहाँको ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल...
-
२०७६ कार्तिक २०, बुधबार
ग्रिसमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने
नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवद्र्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ सम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्पोमार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने भएको हो । नेपालको पर्यटन उद्योगलाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा...
-
२०७६ कार्तिक २०, बुधबार
प्रदेशको केन्द्र दाङ बन्छ प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार...
-
२०७६ कार्तिक २०, बुधबार
पर्यटक लोभ्याउँदै पोकली झरना
पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । विगतमा ओखलढुङ्गा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले बताउनुभयो । “पहिला त गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जान्थे”, उहााले भन्नुभयो, “...
-
२०७६ कार्तिक २०, बुधबार
भूतपूर्व गोर्खा सैनिकले न्यायिक सङ्घर्ष अघि बढाउनुपर्ने
भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले यहाँ आयोजना गरेको ‘भूतपूर्व ब्रिटिस गोर्खाको समानता, सम्मान र मानवअधिकारका लागि सत्याग्रह’ विषयक गोष्ठीका वक्ताले लामो समयदेखि बेलायती सरकारको विभेद र उत्पीडनमा परेका...
-
२०७६ कार्तिक २०, बुधबार
भेरी करिडोरमा १५ पुल निर्माण हुँदै
भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले रासससँगको कुराकानीमा भन्नुभयो, “हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।” गृह जिल्ला आउनुभएका मन्त्री बस्नेतले...
-
२०७६ कार्तिक १९, मंगलबार
सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ । जापान...
-
२०७६ कार्तिक १९, मंगलबार
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ ः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंंंं। ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान...


