राष्ट्रिय
-
२०७६ कार्तिक १८, सोमबार
सत्तारुढ समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन
कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत हुन् ।...
-
२०७६ कार्तिक १८, सोमबार
सडक बालबालिको उद्धारमा तीव्रता
सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अनाथ बालबालिको संरक्षण र व्यवस्थापन गर्न सडक बालबालिको उद्धार र व्यवस्थापनलाई तीव्रता दिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी गुरुयोजनाअनुसार व्यावहारिक रुपमै बालश्रम अन्त्य गर्न प्राथमिकताका साथ काम गर्दै आएको छ । बाल विवाह अन्त्य गर्नाका साथै तिनको बेचबिखन, यौनशोषण तथा दुव्र्यवहार अन्त्यका लागि आवश्यक सबै कार्य गर्ने...
-
२०७६ कार्तिक १७, आइतबार
आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिएका छाँै ः अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताउनुभएको छ । संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उहाँले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास...
-
२०७६ कार्तिक १७, आइतबार
धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने
पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताउनुभयो...
-
२०७६ कार्तिक १७, आइतबार
छठपूजा समापन
आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको...
-
२०७६ कार्तिक १७, आइतबार
‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’
कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी सिक्का फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा गह्रामा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाइएका थिए । सिञ्जा खस साम्राज्य हुँदाको समयमा तत्कालीन राजाहरुले लुकाएको धन हुनसक्ने अनुमान गरिएको सुनको असर्फी...
-
२०७६ कार्तिक १७, आइतबार
अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग
जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ । दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेइ र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करीब रु आठ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई...
-
२०७६ कार्तिक १७, आइतबार
वृद्धवृद्धाको सरकारसँग गुनासो
सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत आठ वर्षदेखि सङ्घर्ष गर्दै आए पनि सार्वजनिक यातायातमा छुट, अस्पतालमा छुटलगायतका माग पूरा हुननसकेको अग्रज सेवा नेपालका उपाध्यक्ष प्रभा लम्सालले गुनासो पोख्नुभयो । “हामीेले सम्पूर्ण वृद्धवृद्धाको अधिकार प्राप्तिका लागि सडकमा...
-
२०७६ कार्तिक १७, आइतबार
आगामी माघ महिनासम्म रानीपोखरीमा पानी
लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ । पोखरी पुनरनिर्माण शुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी...
-
२०७६ कार्तिक १७, आइतबार
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको हो । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ...
-
२०७६ कार्तिक १७, आइतबार
नेपाल–युएई संयुक्त कार्य समूह बैठक शुरु
नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच भएको श्रम समझदारी एमओयू को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक आजदेखि काठमाडौँमा प्रारम्भ भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बैठक दुई दिनसम्म...
-
२०७६ कार्तिक १७, आइतबार
क्रिकेटः न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित
न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि गत शुक्रबार भएको पहिलो टी२० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।...


