राष्ट्रिय
-
२०७६ कार्तिक १४, बिहिबार
सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहरहरू
समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ। वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो। एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अध्ययनको निष्कर्षअनुसार सन् २०५०...
-
२०७६ कार्तिक १४, बिहिबार
प्लाष्टिकमुक्त अभियान प्रभावहिन
नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन् । ‘हामी अभियानलाई सार्थक परिणाम सम्म पु¥याउन प्रयासरत छौ । विस्तारै...
-
२०७६ कार्तिक १४, बिहिबार
छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा
लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरु धार्मिक एवं सांस्कृतिक पर्व छठ उत्साहका साथ मनाउन जुटेका छन् । छठपर्व मनाउनका लागि आवश्यक बाँसका टोकरीलगायतका सामग्रीहरु सहजरूपमा पाउनु, स्थानीयवासीको पर्वप्रतिको अभिरुचि तथा सहयोगी भावनाका कारण पोखराको...
-
२०७६ कार्तिक १४, बिहिबार
फस्टाउँदै पुष्प व्यवसाय
जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ । व्यावसायिक रुपमा नै क्रियाशील व्यवसायीले उत्पादन गरी बिक्री गरेको बाहेक स्थानीय बासिन्दाले आफ्नै घर आँगनमा उत्पादन गरेको फूल प्रयोगमा...
-
२०७६ कार्तिक ११, सोमबार
मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै
मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ । गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ ९मुसल विशेष० द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा...
-
२०७६ कार्तिक १०, आइतबार
प्रधानमन्त्री ओली दोहामा
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा नारदनाथ...
-
२०७६ कार्तिक १०, आइतबार
तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै
नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ । तरुण दलले आज बिहान काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिनुभयो । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी...
-
२०७६ कार्तिक १०, आइतबार
बालगोपालेश्वर दर्शनको व्यवस्था
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन यहाँको रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् । यस वर्ष यही १२ गते भाइटीका परेको छ । यसै दिन बिहान...
-
२०७६ कार्तिक १०, आइतबार
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठमाडौँ आइपुगेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय...
-
२०७६ कार्तिक १०, आइतबार
देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन्ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।
-
२०७६ कार्तिक १०, आइतबार
मनाइयो कुकुर तिहार
यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत...
-
२०७६ कार्तिक ९, शनिबार
ठूला पसलकै मिठाई गुणस्तरहीन
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलोे र वाग्मती स्वीटबाट...


