राष्ट्रिय
-
२०७६ कार्तिक ८, शुक्रबार
तिहारको मौकामा व्यापारीद्वारा मनोमानी, खाद्य पसलमा मदिरा बिक्री
उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ । खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र बिना प्याकेजिङ सामानमा लेबल राख्ने, लेबल बिना सामग्री...
-
२०७६ कार्तिक ८, शुक्रबार
अठारौँ नाम सम्मेलन आज शुरु हुँदै नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने
असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् ।...
-
२०७६ कार्तिक ८, शुक्रबार
फलेन गरिमा धान, चिन्तित किसान
थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् । बर्दिया राजापुर–१० पहाडीपुरका किसान सालिकराम सिग्देलले गत जेठ २ गते बीउ राखेर असार ७ गते डेढ बिघा खेतमा रोपेको गरिमा जातको धान नपसाएपछि वर्षभरि...
-
२०७६ कार्तिक ८, शुक्रबार
मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै
मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् । यो पर्वमा किनमेल...
-
२०७६ कार्तिक ८, शुक्रबार
कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो
नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ । मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो । विसं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो । २०२० सालमा एक कोठाबाट कैदीबन्दीको स्वास्थ्य चेकजाँच गरे पनि २०६८...
-
२०७६ कार्तिक ८, शुक्रबार
सिन्ती झरनामा पर्यटकको घुइँचो
चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । झरनामा अहिले दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् ।...
-
२०७६ कार्तिक ८, शुक्रबार
प्रविधिमैत्री बन्न नसक्दा व्यवसाय सङ्कटमा
प्रविधिसम्बन्धी ज्ञान नभएका लेखापढी कानून व्यवसायीहरुको पेशा सङ्कटमा पर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका लागू गरेपछि जिल्लामा पनि भू–सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्न थालेपछि सफ्टवेयरमार्फत भरेको निवेदन मात्रै स्वीकृत गर्ने भएकाले लेखापढी व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । पहिलादेखि हस्तलिखित निवेदनका साथै तयारी फारम भरेर सेवा...
-
२०७६ कार्तिक ८, शुक्रबार
चौँरीपालन व्यवसाय सञ्चालन
कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चाँैरीपालन गरिएको छ । भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट रु ५० लाख, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट रु ३२ लाखबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिनुभयो । चौँरी नासिदै...
-
२०७६ कार्तिक ८, शुक्रबार
अठारौँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बाकुमा
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन ९नाम० राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज अबेर राति यहाँ आइपुग्नु भएको छ । शुक्रबारदेखि शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । बाकुस्थित हेयदार अलियेभ...
-
२०७६ कार्तिक ८, शुक्रबार
मल्लकालीन वास्तुकलाका सय वर्ष पुराना घर
म्याग्दीको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् । विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत रहेका ती घरहरुमा...
-
२०७६ कार्तिक ८, शुक्रबार
फोनिज सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिम प्रदेशको विहीबार धनगढीमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा भीम चौधरी सर्वसम्मत चयन हुनुभएको छ । महासङ्घको उपाध्यक्षमा किशोर तामाङ, महिला उपाध्यक्षमा चन्द्रीका चौधरी, महासचिवमा धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा र सुधराम दहित तथा कोषाध्यक्षमा बलराम चौधरी चयन हुनुभएको छ । त्यस्तै सदस्यमा दिनेश चौधरी, सुमिरन चौधरी, हरि चौधरी र नरेन्द्र चौधरी...
-
२०७६ कार्तिक ८, शुक्रबार
‘देशमा कानूनी शासनको प्रत्याभूति’
नेपाल कम्युनिष्ट पार्टी नेकपा का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताउनुभयो । स्थिर सरकारका कारण देशमा कानूनी शासनको...


