राष्ट्रिय
-
२०७६ कार्तिक ८, शुक्रबार
चौँरीपालन व्यवसाय सञ्चालन
कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चाँैरीपालन गरिएको छ । भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट रु ५० लाख, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट रु ३२ लाखबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिनुभयो । चौँरी नासिदै...
-
२०७६ कार्तिक ७, बिहिबार
तिहारमा २५ लाख मालाको माग
यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्षको तिहारमा...
-
२०७६ कार्तिक ७, बिहिबार
छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन
कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महीनाको कार्यावधि दिइएको र उक्त अवधिभित्र छाडा...
-
२०७६ कार्तिक ७, बिहिबार
पर्यटन प्रवद्र्धनका लागि घरवास
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला चितवनको माडीमा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि होमस्टे घरवास सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ माडी नगरपालिकाले त्यसमा सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन् । चालू आर्थिक वर्ष २०७६÷७७...
-
२०७६ कार्तिक ७, बिहिबार
स्वस्थ्य संस्थामा सुत्केरी भए ः आयोडिनयुक्त नुनसहित खानेतेल
कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य...
-
२०७६ कार्तिक ७, बिहिबार
बेबारिसे बालक फेला, आफन्तको खोजी जारी
म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । थकित मुद्रामा रहेको बालक बोल्ने भए पनि आफ्नो अभिभावकको परिचय बताउन...
-
२०७६ कार्तिक ७, बिहिबार
बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली
धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मराङ र कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईँले बताउनुभयो । मराङमा बुधबारदेखि र कोटगाउँमा दशैँअघि बिजुली बलेको हो । मराङको बेँसी,...
-
२०७६ कार्तिक ७, बिहिबार
समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन
बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । “समृद्ध खजुराको...
-
२०७६ कार्तिक ७, बिहिबार
महतो फ्युल सेन्टरमा शिलबन्दी
सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति पाँच लिटर डिजेलमा १४० मिली कम गरी बिक्री गरिरहेको फेला...
-
२०७६ कार्तिक ७, बिहिबार
मौरी चराउन नदिएको भन्दै विरोध
चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए । उनीहरुले लगेको मौरी स्थानीय १५० गोला मौरी देखाउँदै वडाध्यक्ष र स्थानीय प्रशासनले...
-
२०७६ कार्तिक ७, बिहिबार
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण
तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिनुभयो । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् । परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ सस्र्युंखर्कमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका १२ र ‘घ’...
-
२०७६ कार्तिक ७, बिहिबार
प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का...


