राष्ट्रिय
-
२०७६ कार्तिक ८, शुक्रबार
सिन्ती झरनामा पर्यटकको घुइँचो
चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । झरनामा अहिले दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् ।...
-
२०७६ कार्तिक ८, शुक्रबार
प्रविधिमैत्री बन्न नसक्दा व्यवसाय सङ्कटमा
प्रविधिसम्बन्धी ज्ञान नभएका लेखापढी कानून व्यवसायीहरुको पेशा सङ्कटमा पर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका लागू गरेपछि जिल्लामा पनि भू–सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्न थालेपछि सफ्टवेयरमार्फत भरेको निवेदन मात्रै स्वीकृत गर्ने भएकाले लेखापढी व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । पहिलादेखि हस्तलिखित निवेदनका साथै तयारी फारम भरेर सेवा...
-
२०७६ कार्तिक ८, शुक्रबार
चौँरीपालन व्यवसाय सञ्चालन
कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चाँैरीपालन गरिएको छ । भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट रु ५० लाख, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट रु ३२ लाखबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिनुभयो । चौँरी नासिदै...
-
२०७६ कार्तिक ८, शुक्रबार
अठारौँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बाकुमा
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन ९नाम० राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज अबेर राति यहाँ आइपुग्नु भएको छ । शुक्रबारदेखि शुरु हुन गइरहेको दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । बाकुस्थित हेयदार अलियेभ...
-
२०७६ कार्तिक ८, शुक्रबार
मल्लकालीन वास्तुकलाका सय वर्ष पुराना घर
म्याग्दीको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन् । विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन् । सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत रहेका ती घरहरुमा...
-
२०७६ कार्तिक ८, शुक्रबार
फोनिज सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिम प्रदेशको विहीबार धनगढीमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा भीम चौधरी सर्वसम्मत चयन हुनुभएको छ । महासङ्घको उपाध्यक्षमा किशोर तामाङ, महिला उपाध्यक्षमा चन्द्रीका चौधरी, महासचिवमा धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा र सुधराम दहित तथा कोषाध्यक्षमा बलराम चौधरी चयन हुनुभएको छ । त्यस्तै सदस्यमा दिनेश चौधरी, सुमिरन चौधरी, हरि चौधरी र नरेन्द्र चौधरी...
-
२०७६ कार्तिक ८, शुक्रबार
‘देशमा कानूनी शासनको प्रत्याभूति’
नेपाल कम्युनिष्ट पार्टी नेकपा का सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले राजनीतिलाई अपराधीकरणबाट बचाउनुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठनले मङ्गलसैनमा गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय उच्चपदस्द व्यक्ति धमाधम पक्राउ परिरहेको कुराप्रति इङ्गित गर्दै वर्तमान सरकारले आपराधिक घटना न्यूनीकरणमा प्रभावकारी र कडाइका साथ कदम चालिरहेको बताउनुभयो । स्थिर सरकारका कारण देशमा कानूनी शासनको...
-
२०७६ कार्तिक ८, शुक्रबार
सूर्योदयमा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’
चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ । सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा सेन्टर निर्माणका लागि रकम विनियोजन गर्ने भएको छ । चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक...
-
२०७६ कार्तिक ८, शुक्रबार
महाकवि देवकोटा सङ्ग्रहालय ः कविकुञ्ज प्राप्तिमै एक वर्ष
महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुङ्गिएको छ । सङ्ग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसबीचमा देवकोटाको परिवारसँग उक्त जग्गा प्राप्तिका लागि विभिन्न चरणमा छलफल गरेर मुआब्जा रकम निर्धारण गरी निकासाका लागि नेपाल सरकारसँग ताकेता गरेको छ भने अन्य प्रक्रियागत...
-
२०७६ कार्तिक ८, शुक्रबार
नेकपाले उम्मेदवारको टुङ्गो लगायो
अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई उम्मेदवारका लागि...
-
२०७६ कार्तिक ८, शुक्रबार
सगरमाथा आरोहण असफल अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ । यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका...
-
२०७६ कार्तिक ८, शुक्रबार
भारतबाट उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा
एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास गृह पूर्णियाको संरक्षणमा आश्रित थिइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका...


