राष्ट्रिय
-
२०७६ कार्तिक ७, बिहिबार
लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले
लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको आगमन बढ्दै गएको हो । गत साउन, भदौ र असोज महीनामा छ हजार...
-
२०७६ कार्तिक ७, बिहिबार
नेपाल र चीनबीच अनुभव आदानप्रदान
सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो । छलफलमा समितिका...
-
२०७६ कार्तिक ७, बिहिबार
चौहत्तरौँ राष्ट्रसङ्घ दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्को ७४औँ स्थापना दिवस आज विश्वका सबै सदस्य राष्ट्रमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय सभागृहमा आज बिहान नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र त्यसका विशिष्टिकृत १९ वटा संस्थाले चेतनामूलक कार्यक्रम आयोजना गरेका थिए । सो अवसरमा नेपालमा ती संस्थाले सम्पादन गरेका कामका साथै मानवअधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य, गरीबी निवारण, लैङ्गिक समानता, विधिको शासन...
-
२०७६ कार्तिक ७, बिहिबार
किजापूजामा सार्वजनिक बिदा
सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।
-
२०७६ कार्तिक ७, बिहिबार
तिहारमा २५ लाख मालाको माग
यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्षको तिहारमा...
-
२०७६ कार्तिक ७, बिहिबार
छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन
कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महीनाको कार्यावधि दिइएको र उक्त अवधिभित्र छाडा...
-
२०७६ कार्तिक ७, बिहिबार
पर्यटन प्रवद्र्धनका लागि घरवास
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला चितवनको माडीमा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि होमस्टे घरवास सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ माडी नगरपालिकाले त्यसमा सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन् । चालू आर्थिक वर्ष २०७६÷७७...
-
२०७६ कार्तिक ७, बिहिबार
स्वस्थ्य संस्थामा सुत्केरी भए ः आयोडिनयुक्त नुनसहित खानेतेल
कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य...
-
२०७६ कार्तिक ७, बिहिबार
बेबारिसे बालक फेला, आफन्तको खोजी जारी
म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । थकित मुद्रामा रहेको बालक बोल्ने भए पनि आफ्नो अभिभावकको परिचय बताउन...
-
२०७६ कार्तिक ७, बिहिबार
बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली
धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मराङ र कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईँले बताउनुभयो । मराङमा बुधबारदेखि र कोटगाउँमा दशैँअघि बिजुली बलेको हो । मराङको बेँसी,...
-
२०७६ कार्तिक ६, बुधबार
आयोडिन नुन प्रयोगमा वृद्धि
सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो । सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको...
-
२०७६ कार्तिक ६, बुधबार
काठमाडाँै र ललितपुरमा रगतको अभाव
काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो । वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ । यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन । रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ । कुन...


