STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चौँरीपालन व्यवसाय सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ८, शुक्रबार

कृषकहरुको जीवनस्तर उकास्ने अभिप्रायले यहाँका दुई स्थानीय तहमा चौँरीपालन व्यवसाय सञ्चालन गरिएको छ । डोल्पाको जगदुला गाउँपालिका–४ भालुपाटनमा व्यावसायिकरूपमा चाँैरीपालन गरिएको छ । भूमि तथा कृषि मन्त्रालय कर्णाली प्रदेशबाट रु ५० लाख, जगदुला गाउँपालिकाको एक घर एक व्यवसाय कार्यक्रमबाट रु ३२ लाखबाट चौरीपालन व्यवसाय सञ्चालन गरिएको जगदुला गाउँपालिका अध्यक्ष नारसिंह रोकायले जानकारी दिनुभयो । चौँरी नासिदै गएको बेला जगदुल्ला गाउँपालिकाको रु ३२ लाख र कर्णाली प्रदेश सरकारको रु ५० लाखको लगानीमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोटमा भालुपाटन व्यवसायी चौरी फार्म स्थापना भएको हो । अहिले १५० चाँैरी रहेको उक्त फार्ममा रु पाँच लाखको डेरीसमेत सञ्चालन गरिएको छ । चौँरी फार्म र जगदुल्ला गाउँपालिकाभित्रका कृषकले पालन गरेका भैँसी तथा चौँरीको दूध सङ्कलन गरेर व्यावसायिकरूपमा डेरी स्थापना गरी सबैलाई नियमितरूपमा दूध तथा दूधबाट उत्पादित वस्तु वितरण गर्ने उद्देश्य रहेको अध्यक्ष नारसिंह रोकायले जानकारी दिनुभयो । डेरीबाट छुर्पी, दूध, घ्यूलगायतका दूधजन्य वस्तुहरु उत्पादन गरिने लक्ष्य लिएको रोकायले बताउनुभयो । चौरी फार्मबाट उत्पादन हुने ऊनबाट विभिन्न कपडा बनाई अर्थोपार्जन गर्ने लक्ष्य लिइएको छ । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–११ घोडाखोरमा बङ्तडीमा २६ वर्षपछि चौँरीपालन स्रोत केन्द्र स्थापना भएको हो । उक्त स्रोत केन्द्रमा ३२ वटा चौँरी रहेको छ । दुवै ठाउँमा रहेको चाँैरीपालन केन्द्रको अनुगमन तथा उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जनताको जीवनस्तर उकास्नका लागि कर्णाली प्रदेश सरकारले कृषकमुखी कार्यक्रम ल्याएको बताउनुभयो । डोल्पामा खाद्यान्न ढुवानी, दुधजन्य पदार्थको उत्पादन अनि स्थानीयरूपमा उत्पादन गरिने कपडाको मुख्य स्रोत नै चौँरी भएको प्रदेशसभा सदस्य शाहीले बताउनुभयो । डोल्पाका विभिन्न गाउँमा चाँैरीलाई पशुपालनको मुख्य व्यवसायको रुपमा लिइन्छ ।
Categorized in राष्ट्रिय