relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक ७, बिहिबार

    स्वस्थ्य संस्थामा सुत्केरी भए ः आयोडिनयुक्त नुनसहित खानेतेल

    कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् । जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य...

  • २०७६ कार्तिक ७, बिहिबार

    बेबारिसे बालक फेला, आफन्तको खोजी जारी

    म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परियच भने खुल्न सकेको छैन । न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । थकित मुद्रामा रहेको बालक बोल्ने भए पनि आफ्नो अभिभावकको परिचय बताउन...

  • २०७६ कार्तिक ७, बिहिबार

    बिजुली बलेपछि मराङ र कोटगाउँसीमा खुशीयाली

    धवलागिरि गाउँपालिका–६ मराङ र रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मराङ र कोटगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेको हो । मराङको ७५ र कोटगाउँको ६९ घरमा विद्युतीकरण गरिएको प्राधिकरणका इञ्जिनीयर हेमराज चापागाईँले बताउनुभयो । मराङमा बुधबारदेखि र कोटगाउँमा दशैँअघि बिजुली बलेको हो । मराङको बेँसी,...

  • २०७६ कार्तिक ७, बिहिबार

    समृद्धिको मार्गचित्र तय गर्न वृहत् खजुरा सम्मेलन

    बाँकेको खजुरा गाउँपालिकाले विकासमा जनसहभागिता जुटाउन वृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । सम्मेलनबाट खजुरा गाउँपालिकाले आफ्नो नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गचित्र तय गर्नेछ । बुधवारबाट शुरु भएको वृहत् खजुरा सम्मेलनबाट विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । “समृद्ध खजुराको...

  • २०७६ कार्तिक ७, बिहिबार

    महतो फ्युल सेन्टरमा शिलबन्दी

    सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति पाँच लिटर डिजेलमा १४० मिली कम गरी बिक्री गरिरहेको फेला...

  • २०७६ कार्तिक ६, बुधबार

    अविवाहित महिलाले भत्ता पाउने

    जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो । नगरपालिकाले विवाह नगरी...

  • २०७६ कार्तिक ६, बुधबार

    तीन वर्षभित्रमा सबैको घरमा बिजुली ः मन्त्री पुन

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनुभयो । मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताउनुभयो । उहाँले ४१ जिल्लामध्ये चितवन पनि पर्ने...

  • २०७६ कार्तिक ६, बुधबार

    राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीका...

  • २०७६ कार्तिक ६, बुधबार

    कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

    नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार गर्ने घोषणा गरेको छ । कफला प्रणालीको अन्त्य गर्ने र प्रवासी कामदारको अधिकारको संरक्षणमा...

  • २०७६ कार्तिक ६, बुधबार

    एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

    एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा...

  • २०७६ कार्तिक ६, बुधबार

    चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

    चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिनुभयो । घाइतेमध्ये...

  • २०७६ कार्तिक ६, बुधबार

    गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

    थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । अधिकृत राईका अनुसार करीब रु ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भवन निर्माण गर्नेबेला मौखिकरूपमा सहमति भएअनुसार...

Pages