राष्ट्रिय
-
२०७६ कार्तिक ४, सोमबार
फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने
रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल निर्माण गर्न पाउने कुरालाई कार्यान्वयन गर्दै नागरिकलाई नजिकबाट सेवा प्रदान गर्न पाउने गरी सो निर्णय गरेको हो । “गाउँपालिकाको दुर्गम र विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ गाउँकार्यपालिकाको...
-
२०७६ कार्तिक ४, सोमबार
क्रसर–खानीको न्यूनतम मापदण्ड तोक्न सिफारिश
जिल्लामा वर्षौँदेखि अवैधानिक मापदण्ड विपरीत रुपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा वर्षौँदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश गरेको हो । साथै,...
-
२०७६ कार्तिक ४, सोमबार
तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न
दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा...
-
२०७६ कार्तिक ४, सोमबार
सताक्षीधाममा धार्मिक महोत्सवको तयारी
महाभारतकालीन इतिहाससँग जोडिएको झापाको धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा १०८ कुण्डको कोटीहोम एवं महोत्सव हुने भएको छ । यही कात्तिक २७ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने सताक्षीधाम धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोमको लागि आइतबार झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा सङ्घसंस्थाहरूसँग छलफल गरिएको छ । महोत्सवलाई सफल पार्नका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा मूल आयोजक...
-
२०७६ कार्तिक ४, सोमबार
जनता आवास कार्यक्रममा ३६१ आवास निर्माण
जनता आवास कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र उदयपुर गरी ३६१ आवासको निर्माणकार्य सम्पन्न भएको छ । कार्यक्रम लागू हुने स्थानमा विगतदेखि स्थायीरूपमा बसोबास गरेका राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत भएका दलित, विपन्न मुसलमान, लोपोन्मुख र अति सीमान्तकृत जाति वा समुदायका विपन्न वर्ग लक्षित गरी ल्याएको यो कार्यक्रमबाट लाभग्राहीमा खुशी छाएको छ । जनता आवास कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका आवासमा...
-
२०७६ कार्तिक ४, सोमबार
अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको नगरपालिकाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि २५ मिटर...
-
२०७६ कार्तिक ३, आइतबार
नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । सीमा...
-
२०७६ कार्तिक ३, आइतबार
दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति
गैरआवासीय नेपाली सङ्घ एनआरएनए ले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त सहयोग रकम दिने घोषणा गरेका र निश्चित...
-
२०७६ कार्तिक ३, आइतबार
राष्ट्रपति भण्डारीको म्यान्मा राजकीय भ्रमण सम्पन्न
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गत असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि...
-
२०७६ कार्तिक ३, आइतबार
चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान
विपद् क्षति र जोखिम न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम न्यूनीकरणका लागि पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद बताउनुभयो । युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र हिमालय...
-
२०७६ कार्तिक ३, आइतबार
ताकमकोत पुनःनिर्माण
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोत, जगन्नाथ–अन्नपूर्ण मन्दिर चन्दा सङ्कलनबाट पुनःनिर्माण भएको छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर पुनःनिर्माण भएको हो । १६ औँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरेको पुनःनिर्माण समितिका अध्यक्ष...
-
२०७६ कार्तिक ३, आइतबार
नेपाल र चीनबीच सैन्य सहायतामा सम्झौता
चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आज बेइजिङ्मा हस्ताक्षर भएको हो । चीनका राष्ट्रपति सी चीनफिङको गत असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई...


