STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ३०, बिहिबार

    चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा साख बढाएको छ ः डा भट्टराई

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताउनुभएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र...

  • २०७६ आश्विन ३०, बिहिबार

    जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

    समाजसेवी भोजराज दाहालले आफ्ना बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । बुबा स्व देवीलाल दाहाल र आमा स्व रमादेवी दाहालको स्मृतिमा कावासोती–८ स्थित ज्ञानोदय माध्यामिक विद्यालयमा उहाँले रु ५० लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज गुरुङलाई बुधबार समाजसेवी दाहालले रु एक लाख ५० हजार प्रदान गरी अक्षयकोष स्थापनाको शुरुआत गर्नुभएको छ । कावासोती...

  • २०७६ आश्विन ३०, बिहिबार

    लुम्बिनीमा भिक्षुलाई कठिन दान

    वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय बुद्ध विहारमा आयोजित पवित्र कथिन कठिन उत्सवका अवसरमा भिक्षुसङ्घलाई कथिन चीवर दान, अष्टपरिष्कार दान गरिएको हो । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । पोखराका दाता पानश्री गुरुङ परिवारको आर्थिक सहयोगमा आयोजना गरिएको कठिन उत्सवका अवसरमा दान पुण्य...

  • २०७६ आश्विन ३०, बिहिबार

    अझै अन्धकारमा चितवनको पुरानो सदरमुकाम

    चितवन देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब २५ किलोमिटरको दूरीमा रहेको इच्छाकामना गाउँपालिका–७ मा पर्ने उपरदाङगढीका नागरिक वर्षौदेखि टुकी र सोलार बाल्न बाध्य छन् । सडक सञ्जालले जोडिए पनि बिजुली लैजानका लागि अहिलेसम्म ठोस...

  • २०७६ आश्विन ३०, बिहिबार

    खानेपानी योजनालाई उपभोक्ताबाट १० करोड जुट्यो

    पाँचखाल नगरपालिकामा बृहत खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाट रु १० करोडभन्दा बढी रकम जुटेको छ । सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी रु १० करोड १० लाख जुटेको हो । हालसम्म पाँचखालका ६० उपभोक्ताले सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिलाई रु दुई लाखका दरले ऋण सापटी पनि दिएका छन् । अन्य रकम उपभोक्ताबाट सङ्कलन गरिएको खानेपानी उपभोक्ता...

  • २०७६ आश्विन ३०, बिहिबार

    तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो...

  • २०७६ आश्विन ३०, बिहिबार

    कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति

    कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो । अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ । अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४००...

  • २०७६ आश्विन ३०, बिहिबार

    पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी

    अघिल्लो आर्थिक वर्षको सेतक चिनी खिरौलो बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित पाटनमा पाइने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरे पनि बिक्री गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमति दिइएको हो । डिभिजन वन कार्यालय जाजरकोटले व्यापारीलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमति दिएको छ । अहिले...

  • २०७६ आश्विन २९, बुधबार

    गाईखुरा महादेव मन्दिरमा भक्तजन वृृद्धि

    दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो । पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भइरहेको गाईखुरा...

  • २०७६ आश्विन २९, बुधबार

    शव नेपाल ल्याउन समस्या

    रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ । गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ । साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् ।...

  • २०७६ आश्विन २९, बुधबार

    दुई विद्यालयमा तलब रोक्का

    चन्दननाथ नगरपालिका जुम्लाले दुई विद्यालयकोे खाता रोक्का गरेको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको हो । चन्दननाथ नमूना मावि र कर्णाली मावि अनामनगर जुम्लाको खाता नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख कान्तिका सेजुवालको आदेशमा रोक्का गरिएको हो । गएको साउन ३ गते नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको अवधि सकिएको...

  • २०७६ आश्विन २९, बुधबार

    छुसाङमा मोटर चल्ने पुल निर्माण

    कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो । पुल...

Pages