राष्ट्रिय
-
२०७६ कार्तिक १, शुक्रबार
दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ
नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ । जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशँै समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ । वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हँुदै गएको...
-
२०७६ कार्तिक १, शुक्रबार
एनआरएनए को अध्यक्षमा कुमार पन्तको विजयी
१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल...
-
२०७६ कार्तिक १, शुक्रबार
राष्ट्रपति भण्डारी जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिन जानु हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले...
-
२०७६ कार्तिक १, शुक्रबार
तिहारको सुरक्षा ः जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा जीत–हारको उद्देश्य राखेर खेलिने खेल नियन्त्रणमा सुरक्षा निकायले कठोर नीति अपनाएको छ । चाडबाड केन्द्रित विशेष सुरक्षा योजनालाई थप कडाइका साथ लागू गर्दै प्रहरीले तिहारमा खेलिने जुवातास, लङ्गुरबुर्जालगायतका गतिविधिले समाजमा विकृति फैलने, आर्थिक विचलन हुने र समाजमा आपराधिक क्रियाकलापलाई बढावा दिने भएकाले यस्ता गतिविधि नियन्त्रणमा सुक्ष्म निगरानी थालेको जनाएको छ ।...
-
२०७६ कार्तिक १, शुक्रबार
आपराधिक क्रियाकलाप संलग्न ‘बाघे’ पक्राउ
नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार...
-
२०७६ आश्विन ३०, बिहिबार
अझै अन्धकारमा चितवनको पुरानो सदरमुकाम
चितवन देशकै सुगम जिल्लाको रूपमा परिचित छ । तर यही जिल्लाका बासिन्दा पनि बिजुलीको उज्यालोमा बस्न पाएका छैनन् । चितवनको पुरानो सदरमुकाम एवं ऐतिहासिक किल्ला उपरदाङगढीमा अझै बिजुली पुगेको छैन । हालको सदरमुकाम भरतपुरबाट करीब २५ किलोमिटरको दूरीमा रहेको इच्छाकामना गाउँपालिका–७ मा पर्ने उपरदाङगढीका नागरिक वर्षौदेखि टुकी र सोलार बाल्न बाध्य छन् । सडक सञ्जालले जोडिए पनि बिजुली लैजानका लागि अहिलेसम्म ठोस...
-
२०७६ आश्विन ३०, बिहिबार
खानेपानी योजनालाई उपभोक्ताबाट १० करोड जुट्यो
पाँचखाल नगरपालिकामा बृहत खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाट रु १० करोडभन्दा बढी रकम जुटेको छ । सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी रु १० करोड १० लाख जुटेको हो । हालसम्म पाँचखालका ६० उपभोक्ताले सुनकोशी पाँचखाल बृहत खानेपानी उपभोक्ता समितिलाई रु दुई लाखका दरले ऋण सापटी पनि दिएका छन् । अन्य रकम उपभोक्ताबाट सङ्कलन गरिएको खानेपानी उपभोक्ता...
-
२०७६ आश्विन ३०, बिहिबार
तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो...
-
२०७६ आश्विन ३०, बिहिबार
कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति
कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो । अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ । अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४००...
-
२०७६ आश्विन ३०, बिहिबार
पुरानो बिक्री नहुँदै नयाँ सङ्कलन पुर्जी
अघिल्लो आर्थिक वर्षको सेतक चिनी खिरौलो बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित पाटनमा पाइने सेतक चिनी व्यापारीले अघिल्लो वर्ष सङ्कलन गरे पनि बिक्री गर्न नपाएको बेला नयाँ सङ्कलनका लागि अनुमति दिइएको हो । डिभिजन वन कार्यालय जाजरकोटले व्यापारीलाई सेतक चिनी सङ्कलनका लागि नयाँ अनुमति दिएको छ । अहिले...
-
२०७६ आश्विन ३०, बिहिबार
सहकारीद्वारा ज्येष्ठ नागरिक सम्मानित
रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थामा आवद्ध रहेका ७५ वर्षमाथिका ज्येष्ठ नागरिलाई संस्थाको १२ आँै वार्षिक साधारणसभाको अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले बुधबार उहाँहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा माधवप्रसाद उपाध्याय, लीलाबहादुर गाहा, टेकबहादुर श्रेष्ठ, रेश्मीराज ढुङ्गाना,...
-
२०७६ आश्विन ३०, बिहिबार
नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी
म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई...


