राष्ट्रिय
-
२०७६ आश्विन २७, सोमबार
म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते...
-
२०७६ आश्विन २७, सोमबार
सुँगुरको मासु खाएका थप एक कैदी बिरामीको मृत्यु,
सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज...
-
२०७६ आश्विन २७, सोमबार
शोकमा राजविराज नगरपालिका बन्द
राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव ९शिवु०को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ । वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका...
-
२०७६ आश्विन २६, आइतबार
आदिनाथ मेला शुरु
काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा दर्शन गरेमा पारिवारिक सुख र शान्ति हुनाका साथै ठूलाठूला रोगव्याधिबाट मुक्त होइने विश्वासका साथ मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपासका क्षेत्रबाट भक्तजनको सहभागिता हुने गर्दछ । कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदाका...
-
२०७६ आश्विन २६, आइतबार
राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता
नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग उहाँ रहनुभएको होटेलमा अलग्गै भेटवार्ता गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा...
-
२०७६ आश्विन २६, आइतबार
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने...
-
२०७६ आश्विन २६, आइतबार
यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई
दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो । दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उहाँको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२...
-
२०७६ आश्विन २६, आइतबार
मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै
आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवं शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयं निरीक्षण गर्ने र रातिमा जागरानमा बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने विश्वाससमेत रहेको छ । यस अवसरमा कतिपय परिवारमा कुल...
-
२०७६ आश्विन २६, आइतबार
नेपालको समृद्धिमा चीनको सहयोग बढ्नेछ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटवर्तामा अध्यक्ष दाहालले दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे भएको छलफलमा आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा भएको चीनको भ्रमण,...
-
२०७६ आश्विन २६, आइतबार
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा न्यौपाने
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जीवन न्यौपाने निर्वाचित हुनुभएको छ । स्याङ्जाको भिरकोट नपा–२ बयरघारीमा शनिबार सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको निर्वाचनमण्डलका संयोजक भुपराज बस्यालले जानकारी दिनुभयो । अध्यक्षमा पाँच जनाको उम्मेदवारी परे पनि अन्ततः यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएका...
-
२०७६ आश्विन २६, आइतबार
दशैँ विसर्जन
नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ राँगोलाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ । खःमेयको बध गरी ब्रम्हायणीलगायतका देवी देवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा माटोको घ्याम्पो मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै देवगणलाई चढाएपछि दशैँ विसर्जन भएको हो । त्यसैगरी...
-
२०७६ आश्विन २६, आइतबार
भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव
फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन पुफा ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो । पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पुफाका सचिव एवं महोत्सव संयोजक जीवन...


