relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन २७, सोमबार

    सुनसान बन्दै हुलाक कार्यालय

    कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग...

  • २०७६ आश्विन २७, सोमबार

    पोखरी पुनःनिर्माण

    कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ । मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका...

  • २०७६ आश्विन २७, सोमबार

    कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित

    धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पु¥याएको राप्ती सोनारी गाउँपालिकाको...

  • २०७६ आश्विन २७, सोमबार

    प्लाष्टिकको प्रयोग निषेध अभियान

    नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको यो अभियानमा सहयोग गर्ने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धतामा जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी...

  • २०७६ आश्विन २७, सोमबार

    मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

    मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिनुभयो । भदौसम्म विदेशी पर्यटक नआउने बन्दीपुरमा असोज मध्यदेखि भने दैनिक तीन÷...

  • २०७६ आश्विन २७, सोमबार

    उपनिर्वाचनमा ३८ हजार मतदाता

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल...

  • २०७६ आश्विन २७, सोमबार

    अस्तव्यस्त मुक्तिनाथ मन्दिर क्षेत्र

    हिन्दू र बौद्ध धर्मावलम्बीले उत्तिकै श्रद्धा एवं आस्थाका साथ पूजा आजा र दर्शन गर्ने मुक्तिनाथ मन्दिर क्षेत्रको व्यवस्थापन भने अस्तव्यस्त छ । प्राचीनकालदेखि नै महत्वपूर्ण मन्दिर भए पनि यहाँको व्यवस्थापनमा राज्यको ध्यान जान सकेको छैन । पशुपतिनाथ, लुम्बिनी र जनकपुरजत्तिकै महत्व बोकेको मन्दिर हिमालपारिको दुर्गम जिल्ला मुस्ताङमा भएकै कारण विगतदेखि नै केन्द्र सरकारको ध्यान जान नसकेको स्थानीयवासीको...

  • २०७६ आश्विन २७, सोमबार

    मुस्ताङमा आन्तरिक पर्यटकको चहलहल

    हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो । उहाँका...

  • २०७६ आश्विन २७, सोमबार

    नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर

    चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण राससलाई प्राप्त भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक सन्धिमा हस्ताक्षर गरी ती दस्तावेज आदानप्रदान गर्नुभएको...

  • २०७६ आश्विन २७, सोमबार

    प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान...

  • २०७६ आश्विन २६, आइतबार

    संस्कृति शिरोमणि जोशीको ‘अभिनव वेदादी कोषु लोकार्पण

    संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थको लोकार्पण गरिएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिव श्री मधुसुदन गोर्खालीको सभापतित्वमा सम्पन्न उक्त ग्रन्थको लोकार्पण कार्यक्रममा संस्कृति शिरोमणि जोशीका आफ्नै ९५ वर्षीय दाजु श्री केशव राम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । लोकार्पण गरिएको पुस्तक अगाडी ३० वटा भन्दा बढी ग्रन्थहरु लेखिसकेका मदन पुरस्कार,...

  • २०७६ आश्विन २६, आइतबार

    तीन दानवीर र कर्मवीरलाई सम्मान

    परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन दानवीर र कर्मवीरलाई सम्मान गरिएको छ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले यहाँ आयोजित विशेष कार्यक्रममा समाजसेवीहरू श्रीजङ्ग शाह, डा। सन्दुक रुइत तथा नीरा देवी तेलिनलाई सम्मान गर्नुभयो । नेपालगन्जको...

Pages