STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन २४, शुक्रबार

    साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण

    भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनः निर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा साउदी विकास कोषका उपाध्यक्ष खालिद बिन सुलेमान अलखुदारी र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । त्यस...

  • २०७६ आश्विन २४, शुक्रबार

    चिकित्सक र कलाकार सम्मानित

    उनानचालिसौँ नेपाल भाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका अवसरमा लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित चिकित्सक डा अशोकानन्द मिश्र र वरिष्ठ हास्यकलाकार धु्रवरत्न हाडा सम्मानित हुनुभएको छ । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ यहाँ सञ्चालन भइरहेको सो सम्मेलनमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उहाँहरूले पु¥याएको योगदानबारे...

  • २०७६ आश्विन २४, शुक्रबार

    चिनियाँ राष्ट्रपतिको स्वागतका लागि नेपाली जनता आतुर

    नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी...

  • २०७६ आश्विन २४, शुक्रबार

    एनआरएन महासचिवमा डा पौडेलको उम्मेद्वारी

    अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ एनआरएन को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने हुनुभएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो । निर्वाचनमा भाग लिन बिहीबार नेपाल आउनुभएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा...

  • २०७६ आश्विन २४, शुक्रबार

    मासु पसल अनुगमन

    नेपालगञ्ज बजारका आठ वटा मासु पसलको अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा चार वटा मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । उक्त मासु पसललाई तीन दिनभित्र पसल दर्ताको प्रमाणपत्र पेश गर्न निर्देशन दिइएको छ । यस्तै एउटा पसल नवीकरण नभएको पाइएकाले तीन दिनभित्र नवीकरण...

  • २०७६ आश्विन २४, शुक्रबार

    जलस्रोत उपयोगिताले प्रदेश नं। १ मा समृद्धि आउने

    ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को लक्ष्य हासिल गर्न प्रदेश नं। १ मा रहेका सबै स्रोत, साधन र प्रयासलाई एकीकृत र सुव्यवस्थितरुपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ । प्रदेशको विकास र समृद्धिका लागि उपलब्ध प्रशस्त सम्भावनाहरुमध्ये जलस्रोत पनि एक हो । यसको दिगो उत्पादन र उपयोगिताले प्रदेश नं। १ ले लिएको लक्ष्य पूरा गर्न ठूलो सहयोग पु¥याउने देखिएको छ । चौध जिल्ला १३७ स्थानीय तह रहेको यस प्रदेशमा...

  • २०७६ आश्विन २३, बिहिबार

    चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

    दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गर्नुभएको छलफल कार्यक्रममा...

  • २०७६ आश्विन २३, बिहिबार

    नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिनुभएको हो । चिनियाँ राष्ट्रपति सीको...

  • २०७६ आश्विन २३, बिहिबार

    फर्कने यात्रु बढ्दै

    बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी ९विजया दशमी० सकिएसँगै यतिखेर पोखराबाट आ आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आआफ्ना कार्यस्थलमा फर्कने गर्दछन् । दशैँका कारण केही दिन भने...

  • २०७६ आश्विन २२, बुधबार

    खड्गजात्रासहित घोडाजात्रा सम्पन्न

    प्रत्येक वर्ष दशैँको टीका दशमी को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर आज बिहान सम्पन्न भएको छ । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा शुरु भएको परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले...

  • २०७६ आश्विन २२, बुधबार

    चिनियाँ राष्ट्रपतिको भ्रमण ः सुरक्षा व्यवस्था कडा

    चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको...

  • २०७६ आश्विन २२, बुधबार

    चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण २५ गते

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको...

Pages