राष्ट्रिय
-
२०७६ आश्विन २६, आइतबार
नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु
नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा...
-
२०७६ आश्विन २६, आइतबार
संस्कृति शिरोमणि जोशीको ‘अभिनव वेदादी कोषु लोकार्पण
संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थको लोकार्पण गरिएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिव श्री मधुसुदन गोर्खालीको सभापतित्वमा सम्पन्न उक्त ग्रन्थको लोकार्पण कार्यक्रममा संस्कृति शिरोमणि जोशीका आफ्नै ९५ वर्षीय दाजु श्री केशव राम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । लोकार्पण गरिएको पुस्तक अगाडी ३० वटा भन्दा बढी ग्रन्थहरु लेखिसकेका मदन पुरस्कार,...
-
२०७६ आश्विन २६, आइतबार
तीन दानवीर र कर्मवीरलाई सम्मान
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन दानवीर र कर्मवीरलाई सम्मान गरिएको छ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले यहाँ आयोजित विशेष कार्यक्रममा समाजसेवीहरू श्रीजङ्ग शाह, डा। सन्दुक रुइत तथा नीरा देवी तेलिनलाई सम्मान गर्नुभयो । नेपालगन्जको...
-
२०७६ आश्विन २६, आइतबार
ताल बाराही मन्दिरमा कोजाग्रत मेला
पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा कोजाग्रत पूर्णिमा का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ । तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने...
-
२०७६ आश्विन २६, आइतबार
मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी
जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन् । कारागारमा रहेका १४४ कैदीबन्दीमध्ये १०० कैदीबन्दीले मूढा बुनेको रकम घरमा पठाएको कारागारले जनाएको छ । चाडपर्वमा मूढाको माग बढी हुने भएकाले दशैँ शुरु भएदेखि नै कैदीबन्दी मूढा बनाउन व्यस्त रहेको...
-
२०७६ आश्विन २६, आइतबार
विपद जोखिम न्यूनीकरण दिवस
सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आजदेखि यहाँ शुरु भएको छ । दिवसको पहिलो दिन आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखाको व्यवस्थापनमा ¥यालीे आयोजना गरिएको थियो । विपद्बाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्यले आज पहिलो दिन भक्तपुरको तौमढीबाट शुरु भएको ¥याली सुकुलढोका, दत्तात्रय हँुदै कमलविनायकमा पुगेर...
-
२०७६ आश्विन २६, आइतबार
सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत
नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा का शीर्ष नेतासँग आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा...
-
२०७६ आश्विन २६, आइतबार
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह,...
-
२०७६ आश्विन २५, शनिबार
राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगे
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।
-
२०७६ आश्विन २५, शनिबार
राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्णविवरणः ‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले गर्नुभएको...
-
२०७६ आश्विन २५, शनिबार
सडकमा स्वागतको भव्य तयारी
चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडाँै महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् । सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको...
-
२०७६ आश्विन २५, शनिबार
देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग
विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ ।...


