राष्ट्रिय
-
२०७६ आश्विन १९, आइतबार
मृत–आत्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु
थारु समुदायको ‘डसिया’ सँगसँगै दशैं पनि घरआँगनमा प्रवेश गरिसकेको छ । पछिल्लो समयमा प्रचारमा डसिया र दशैं एउटै हो भन्ने कुराले ठाउँ पाएको देखिन्छ । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वाभाविक पनि हो । नेपालमा तराईका २२ जिल्ला र सुर्खेतमा थारुहरुको मुख्य रुपमा बसोबास रहँदै आएको मानिन्छ । पछिल्लो जनगणना २०६८ अनुसार काठमाडौँ उपत्यकामा मात्रै दशौं हजार थारुको बसोवास छ । यो...
-
२०७६ आश्विन १९, आइतबार
दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन । महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन् । भारतीय सीमा...
-
२०७६ आश्विन १८, शनिबार
महाअष्टमी पर्व
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको...
-
२०७६ आश्विन १८, शनिबार
सुनसान हुँदै काठमाडौँ ः आज सबैभन्दा बढी तीन लाख ४५ हजार यात्रु बाहिरिए
दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका थिए । सवारी कम भएकाले आज दिउँसो कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु...
-
२०७६ आश्विन १८, शनिबार
दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक
चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले जानकारी दिनुभयो । मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको उहाँले बताउनुभयो...
-
२०७६ आश्विन १८, शनिबार
घर–घरमा भित्र्याइयो फूलपाती
आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो,...
-
२०७६ आश्विन १७, शुक्रबार
पेप्सीका कामदार आन्दोलित
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि पेप्सी कम्पनी मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय...
-
२०७६ आश्विन १७, शुक्रबार
राष्ट्रपतिले इच्छुकलाई टीका प्रदान गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान गर्नुहुने भएको छ । राष्ट्रपतिले सो दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका...
-
२०७६ आश्विन १७, शुक्रबार
स्वास्थ्य केन्द्रको ‘भवन भव्य, उपचार छैन’
एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ । १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ । केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । केन्द्रमा औषधि र चिकित्सकको अभावमा गाउँलेले अझै...
-
२०७६ आश्विन १७, शुक्रबार
१३ स्थान पर्यटकीय गन्तव्य बन्दै
पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ । जिल्ला वन कार्यालय...
-
२०७६ आश्विन १७, शुक्रबार
दशैँको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली
दशैँको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ । खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र दिङलादीप विद्युत् विस्तार भएसँगै त्यस भेगका गाउँले निकै हर्षित भएका हुन् । फिकल गाउँपालिका–२ को सुङनामबेँसी र नवलपुर क्षेत्रका गाउँबस्तीमा पनि केही दिनभित्रै घरघरमा बिजुली पु¥याउने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सिन्धुली शाखाका...
-
२०७६ आश्विन १७, शुक्रबार
गोदावरीमा कुण्ड र धर्मशाला बन्दै
प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि नगरपालिका गठन भएपछि अघि बढाइएको सो योजनाअन्तर्गत कुण्ड र धर्मशाला निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको बताइएको छ । सो कुण्ड फराकिलो पार्ने, वरपर मर्मत तथा सुधार गर्ने, पर्खाल लगाउने, सिँढी बनाउने र रेलिङ हाल्ने काम करीब समाप्त...


