राष्ट्रिय
-
२०७६ आश्विन १६, बिहिबार
नगर बसमा ‘महिला’ कन्डक्टर
नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्नुहुन्छ, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् ।...
-
२०७६ आश्विन १६, बिहिबार
गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी
मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्नुहुन्थ्यो । घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किनुहुन्थ्यो । साविकको भगवती गाविस मेलखेतदेखि स्वास्थ्यचौकी पुग्न तीनदेखि चार घण्टा उकालो चढ्नुपर्ने बाध्यता थियो । स्वास्थ्यचौकी एकातिर र बस्ती...
-
२०७६ आश्विन १६, बिहिबार
झुलाघाट नाका आजदेखि बन्द
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख असोज १८ गते जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो । आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा पुल बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख असोज २८ गते दिन भारतको...
-
२०७६ आश्विन १६, बिहिबार
सच्याइएको क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन– उपप्रम पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भन्नुभयो । रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ ।...
-
२०७६ आश्विन १६, बिहिबार
अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी
दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ । गाईघाटका शारदा खड्काका अनुसार...
-
२०७६ आश्विन १५, बुधबार
जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’
जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज आकाशे पुल निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार,...
-
२०७६ आश्विन १५, बुधबार
सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख
भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् । बसको टिकट...
-
२०७६ आश्विन १५, बुधबार
उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै
उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताउनुभयो । “उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप...
-
२०७६ आश्विन १५, बुधबार
पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु
नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी...
-
२०७६ आश्विन १५, बुधबार
प्रवासीलाई लगानी भित्र्याउन आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ मोना अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । “स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भन्नुभयो, “...
-
२०७६ आश्विन १५, बुधबार
पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने
मुख्यत ः कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार ९क्लिनिकल न्युट्रिसन डाइटेटिक्स० कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयका केही क्याम्पसमा मात्र...
-
२०७६ आश्विन १५, बुधबार
ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान
बागलुङ नगरपालिकाले २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई सम्मान हो । सम्मान कार्यक्रमको वडा नं ७ का अध्यक्ष खगराज पाण्डेयले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद रु पाँच हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको...


