relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन १५, बुधबार

    पूर्वाधारका ९१ योजना शुरु

    दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै...

  • २०७६ आश्विन १५, बुधबार

    देवघाटमा वृद्धग्राम बनाइने

    देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ । असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पु¥याइदै छ । कर्मचारी र प्रशासनिकबाहेकका अधिकांश खर्च दाताबाटै पुग्ने...

  • २०७६ आश्विन १५, बुधबार

    वैकल्पिक पेशातर्फ माझी, मुसहर र बोटे समुदाय

    नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका माझी, मसुहर र बोटे समुदाय वैकल्पिक पेशातर्फ लाग्न थालेका छन् । माछा मारेर जीवनयापन गर्दै आएका उनीहरु अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कावासोती नगरपालिका–१५ शेरगञ्जमा रहेको यो समुदाय अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेको छ । नदी तथा खोलामा माछा मारेर आफ्नो जीवनयापन गर्दै आएका उनीहरु आफ्नो परम्परागत पेशालाई परिर्वन गरी तरकारी...

  • २०७६ आश्विन १५, बुधबार

    फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्दछ ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्माले नेपाल टेलिकमले विस्तार गरेको फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँबाट भिडियो कल गरी सो सेवाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग भएको कुराकानीका क्रममा सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो “फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ ।” नेपाल टेलिकमको मध्यमाञ्चल...

  • २०७६ आश्विन १५, बुधबार

    पत्रकारलाई दशैँ पेश्की दिन माग

    नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको सो...

  • २०७६ आश्विन १५, बुधबार

    म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

    जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो । त्यस्तै यहाँका सामुदायिक...

  • २०७६ आश्विन १५, बुधबार

    आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग

    जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ । समितिले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण आवश्यक पर्ने भएकाले गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग विभिन्न उपकरण माग गरेको हो । जिल्लामा घट्न सक्ने विपत्का समयमा उद्धारका लागि विभिन्न सामग्री आवश्यक पर्ने भए पनि आपतकालीन...

  • २०७६ आश्विन १५, बुधबार

    जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

    जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज आकाशे पुल निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार,...

  • २०७६ आश्विन १५, बुधबार

    सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख

    भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् । बसको टिकट...

  • २०७६ आश्विन १५, बुधबार

    उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

    उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ । शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताउनुभयो । “उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप...

  • २०७६ आश्विन १५, बुधबार

    प्रवासीलाई लगानी भित्र्याउन आग्रह

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ मोना अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उहाँले लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । “स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भन्नुभयो, “...

  • २०७६ आश्विन १५, बुधबार

    पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

    नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी...

Pages