STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन १३, सोमबार

    हिमानीकलीको बच्चा जन्मियो

    हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ । तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए । चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी र सिमसारकली गर्भिणी रहेका छन्...

  • २०७६ आश्विन १२, आइतबार

    मैथिली साहित्य परिषद्मा दत्त निर्वाचित

    मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी हुनुभएको छ । राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताउनुभयो । परिषद् उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, उपसचिवमा पङ्कजकुमार झा र...

  • २०७६ आश्विन १२, आइतबार

    मनसुन अझै दश दिन कायम रहने

    नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने...

  • २०७६ आश्विन १२, आइतबार

    पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा पाँच करोड विनियोजन

    म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्गलगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका योजनाको बारेमा जानकारी दिनुभयो । घोडेपानी–मोहरेडाँडा...

  • २०७६ आश्विन १२, आइतबार

    घुम्ती शिविरबाट १५० बढी सेवाग्राही लाभान्वित

    व्यवसायीलाई घरदैलोमै सेवा पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ गाउँपालिकाको बजार क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिएको छ । उद्योग वाणिज्य सङ्घ पाँचथरको पहलमा शनिबार सञ्चालित घुम्ती शिविरमा १५० सेवाग्राहीले सेवा लिएका थिए । व्यावसायिक फार्म नवीकरण, कर सङ्कलन, करदाता शिक्षासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपालले बताउनुभयो । हिलिहाङ...

  • २०७६ आश्विन १२, आइतबार

    ४९६ को निःशुल्क स्वास्थ्य उपचार

    गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पु¥याउन वडा...

  • २०७६ आश्विन १२, आइतबार

    भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु

    घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ । नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन...

  • २०७६ आश्विन १२, आइतबार

    सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने

    सानो पाथिभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो । यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिनुभयो । चैतेदशैँ र बडादशैँ गरी वर्षमा दुईपटक...

  • २०७६ आश्विन १२, आइतबार

    शोक मनाउन हेटौँडा उपमहानगर मातहतको कार्यालय बन्द

    हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो । सदस्यरूपमा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर...

  • २०७६ आश्विन १२, आइतबार

    ताम्राकारको ‘अनाम परिधि’ विमोचित

    कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गर्नुभएको थियो । सङ्ग्रहमा २१ वटा कथा समावेश छन्...

  • २०७६ आश्विन १२, आइतबार

    बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला

    जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला...

  • २०७६ आश्विन १२, आइतबार

    पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

    बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा...

Pages