राष्ट्रिय
-
२०७६ आश्विन १२, आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित
बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७०...
-
२०७६ आश्विन १२, आइतबार
लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन ः काङ्ग्रेस नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा...
-
२०७६ आश्विन १२, आइतबार
पेप्सी कम्पनीमा श्रमिक आन्दोलित
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि पेप्सी कम्पनी का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका...
-
२०७६ आश्विन १२, आइतबार
धार्मिक विधिअनुसार घटस्थापना
नेपालीको महान्पर्व बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बिहान १०ः३५ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिएको थियो । सोही साइतमा हनुमान ढोका...
-
२०७६ आश्विन १२, आइतबार
उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयी
उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी हुनु भएको छ । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको...
-
२०७६ आश्विन १२, आइतबार
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् ः ट्राफिक प्रहरी
केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०÷२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाउनुभयो । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै...
-
२०७६ आश्विन १२, आइतबार
एड्वानको अध्यक्षमा पम्फा
दलित महिला उत्थान सङ्घ एड्वान को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार बेलुका यहाँ सम्पन्न एड्वान को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यमा राममाया विक, माया लम्साल र सपना परियार निर्वाचित हुनुभएको छ । विसं २०५५ मा स्थापना भएको उक्त...
-
२०७६ आश्विन १२, आइतबार
दशैँअगावै तार व्यवस्थित गर्न प्राधिकरणको निर्देशन
शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो । प्राधिकरणका...
-
२०७६ आश्विन १२, आइतबार
पाटन–पञ्चेश्वर सडक अवरुद्ध
केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । सडक पुरै भासिएकाले सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरी नायब...
-
२०७६ आश्विन १२, आइतबार
बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स
नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा...
-
२०७६ आश्विन १२, आइतबार
अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाईको विकास गर्न जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबद्र्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताउनुभएको छ । आजदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले...
-
२०७६ आश्विन १२, आइतबार
विपन्न परिवारको उपचारका लागि भेटिपेटिकाको शुरुआत
गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस...


