राष्ट्रिय
-
२०७६ आश्विन १३, सोमबार
जनप्रतिनिधिको सहयोग विद्यालयलाई
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक पर्याप्त नहुँदा र आर्थिक स्रोतको अभावले...
-
२०७६ आश्विन १३, सोमबार
अपाङ्गता परिचयपत्र वितरण
रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो । जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ । अघिल्लो आव २०७५÷०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र...
-
२०७६ आश्विन १३, सोमबार
अत्याधुनिक पशु बधशाला निर्माण हुने
विराटनगर महानगरपालिकामा अत्याधुनिक पशु बधशाला निर्माण हुने भएको छ । निजीस्तरमा सञ्चालित पशु बधशालाबाट उपभोक्ताले अस्वस्थकर मासु खरीद गर्नुपर्ने कारणले नगरवासीको आवश्यकताले य बधशाला निर्माण गर्न लागिएको बताइएको छ । विराटनगर महानगरपालिका–८ स्थित एक बिघा आठ कट्ठा जग्गामा २०६६ सालमा बधशालाको निर्माण शुरु भएपनि निर्माण पूरा हुन सकेको थिएन् । बधशाला निर्माण गर्न रु २१ करोड लागत लाग्ने र यसका लागि...
-
२०७६ आश्विन १३, सोमबार
अविरल वर्षाले जनजीवन प्रभावित
विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको...
-
२०७६ आश्विन १३, सोमबार
प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग
म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोकामगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग...
-
२०७६ आश्विन १३, सोमबार
अवरुद्ध सडकले मध्यपहाडी क्षेत्रको जनजीवन कष्टकर
चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको मध्यपहाडी क्षेत्रको मुर्कुची, लिम्चुङबुङ माझखर्क जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दशैँ...
-
२०७६ आश्विन १३, सोमबार
ज्ञानेन्द्र शाहीले कार्यक्रमको जानकारी नदिएकोः चितवन प्रहरी
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको दुई बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो। शनिबार शाहीलाई चितवनमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पीडित पक्षबाट जाहेरी नआई प्रक्रिया अघि नबढ्ने बताए। ‘जाहेरी नआई कसैलाई समात्न...
-
२०७६ आश्विन १३, सोमबार
दैनिक दुई हजार नेपाली घर फर्किंदै
दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् । सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न...
-
२०७६ आश्विन १२, आइतबार
अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाईको विकास गर्न जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबद्र्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताउनुभएको छ । आजदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले...
-
२०७६ आश्विन १२, आइतबार
विपन्न परिवारको उपचारका लागि भेटिपेटिकाको शुरुआत
गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस...
-
२०७६ आश्विन १२, आइतबार
मैथिली साहित्य परिषद्मा दत्त निर्वाचित
मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी हुनुभएको छ । राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताउनुभयो । परिषद् उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, उपसचिवमा पङ्कजकुमार झा र...
-
२०७६ आश्विन १२, आइतबार
मनसुन अझै दश दिन कायम रहने
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने...


