राष्ट्रिय
-
२०७६ आश्विन ११, शनिबार
लालीखर्कमा ‘होमस्टे’
अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको सांसद सीता थेवेले उद्घाटन गर्नुभयो । उहाँले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताउनुभयो । पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक...
-
२०७६ आश्विन ११, शनिबार
‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभएको छ । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उहाँले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र...
-
२०७६ आश्विन ११, शनिबार
प्रेसलाई नियन्त्रण गर्ने पक्षमा छैनौं ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । ‘ए एण्ड ए’ काठमाडाँै मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गर्नुभयो । “प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून...
-
२०७६ आश्विन ११, शनिबार
भेटिपेटिकाको शुरुवात
गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगार्थ पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुवात गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूुल, चामल, घ्यू जस्ता कार्यको अन्त्य गरी वडा नं– ७ को कार्यालयले भेटिपेटिकाको शुरु गरेकोे हो । मृत्यु ंसंस्कारमा लगिने फलफूल, चामल, घ्यूकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा थोरै भए पनि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यस कार्यको...
-
२०७६ आश्विन ११, शनिबार
नेपालीको महान् पर्व बडादशैँ आइतबारदेखि शुरु
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले...
-
२०७६ आश्विन १०, शुक्रबार
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क...
-
२०७६ आश्विन १०, शुक्रबार
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो । देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको...
-
२०७६ आश्विन १०, शुक्रबार
चार भवन निर्माण
अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवनको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिहीबार उद्घाटन गर्नुभयो । घारका...
-
२०७६ आश्विन १०, शुक्रबार
डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उहाँका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२...
-
२०७६ आश्विन १०, शुक्रबार
विश्व पर्यटन दिवसमा प्रभातफेरी
आज ४०आँै विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो । दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना ग¥यो । ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको ¥याली नारायणहिटी दरबारको पूर्वतर्फ...
-
२०७६ आश्विन १०, शुक्रबार
पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला
दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने...
-
२०७६ आश्विन १०, शुक्रबार
म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग
जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा...


