STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ९, बिहिबार

    स्विसबाट च्छोरोल्पा हिमतालसम्म पदमार्ग निर्माण

    नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमतालसम्म पर्याटकलाई लक्षित गरी स्विस सरकारको सहयोगमा व्यवस्थित पदमार्ग निर्माण सम्पन्न भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशङ्करमा पर्ने च्छोरोल्पा हिमतालसम्म स्विस सरकारको रु १० करोड आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो । गौरीशङ्कर गाउँपालिकाअन्तर्गत गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पासम्म ४० किलोमिटर...

  • २०७६ आश्विन ९, बिहिबार

    दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा

    मालपोत कार्यालय बर्दिवास महोत्तरी मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको छ । एक उपसचिव, दुई अधिकृत, सात नायबसुब्बा ९नासु०, तीन खरिदार, एक...

  • २०७६ आश्विन ९, बिहिबार

    खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित

    बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको छ । यहाँ...

  • २०७६ आश्विन ९, बिहिबार

    प्रयोगविहीन सरकारी कार्यालय भवन खण्डहर बन्दै

    पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधासम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ । विगत एक वर्षदेखि नै यो कार्यालय प्रयोगविहीन छ । साढे दुई वर्षअघि करोडौँ लागतमा निर्माण गरिएको उक्त कार्यालयको तीनतले सुविधासम्पन्न भवन सङ्घीयताको कार्यान्वयनसँगै गत वर्षको साउन १ गतेदेखि स्थानीय तहमा समायोजन भएपछि प्रयोगविहीन बन्न पुगेको...

  • २०७६ आश्विन ९, बिहिबार

    वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै

    आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । “...

  • २०७६ आश्विन ९, बिहिबार

    हरिशङ्कर र चारनारायण मन्दिर खु्ल्दै

    पाटन मङ्गलबजारमा अवस्थित हरिशङ्कर र चारनारायण मन्दिर यसपालि बडादशैँको नवमीभित्र खुल्ने भएका छन् । विसं २०७२ भूकम्पले पूर्ण रुपमा क्षति भएका यी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । हरिशङ्कर र चारनारायण मन्दिर पुनःनिर्माणको काम सम्पूर्ण समाप्त भइसकेको छ । ढोकामा चुकुल हाल्ने, निर्माणका लागि जोडिएका सामग्री झिक्ने र मन्दिर सफासुग्घर गर्ने काम बाँकी रहेको पुरातत्व विभाग, स्मारक संरक्षण तथा...

  • २०७६ आश्विन ९, बिहिबार

    इन्टेलिजेन्ट ट्राफिक बत्ती उद्घाटन

    पाटन दरबार क्षेत्रसंगैको महापाल चोकमा ट्राफिक जामले सधै हैरानी । अझ बिहान र साँझको ‘पिकआवर’मा त ट्राफिक जामले सवारी चालक मात्र नभई सर्वसाधारणलाई हिडेर जान समेत सास्ती हुने गर्दथ्यो । यस्तो अवस्थामा ललितपुर महानगरपालिका–१६ वडाले तन्त्र भेन्चर्स प्रा।लिको सहयोगमा पाटन दरबार क्षेत्र नजिकैको महापाल चोकमा दुई वटा अत्याधुनिक इन्टेलिजेन्ट ट्राफिक बत्ती जडान गरेको छ । करिब १७ लाखको लागतमा बनाइएको सो लाईट...

  • २०७६ आश्विन ९, बिहिबार

    छाडा चौपाया व्यवस्थापनमा चुनौती

    नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ । गाई, साँढे, सुङ्गुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौको सङ्ख्यामा भेटन सकिन्छ । पछिल्लो समय दैलेखमा छाड्न लगिएका गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म आइपुगेका...

  • २०७६ आश्विन ८, बुधबार

    प्रविधिसँग जोडिँदै महेन्द्र र चमेरे गुफा 

    प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो । विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु...

  • २०७६ आश्विन ८, बुधबार

    वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह विजयी

    नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७आँै साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुुनुभएको छ । उहाँले कूल ३३० मत प्राप्त गर्नुभएको थियो । सङ्घको निर्वाचनमा प्रगतिशील समूहबाट...

  • २०७६ आश्विन ८, बुधबार

    विपन्न परिवारलाई बेमौसमी तरकारी खेती

    झापाको दमक नगरपालिकाले विपन्नहरुको आर्थिक अवस्था सुधार्न थालेको कृषि उपार्जन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नं ३ मा साढे दुई बिघा जग्गा भाडामा लिएर तरकारी खेतीतर्फ प्रवद्र्धन गरेको छ । दश वर्षका लागि भाडामा लिएर त्यहाँ नगरपालिकाको करीब रु २१ लाखको खर्चमा टनेलमार्फत खेती प्रवद्र्धनमा जोड दिँदै आएको वडाध्यक्ष नवीन बरालले बताउनुभयो ।...

  • २०७६ आश्विन ८, बुधबार

    तिलोत्तमा लगानी सम्मेलन ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

    स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ । लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ । नगरपालिकाले...

Pages