राष्ट्रिय
-
२०७६ आश्विन ८, बुधबार
खर्च रकम लुकाएको आरोप
तातोपानी गाउँपालिका जुम्लाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनामा भएको खर्च रकम स्थानीय सरकारले लुकाएको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७५÷०७६ को गतिविधिबारे मङ्गलबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई उपभोक्ता समितिमा नेतृत्व दिएको आरोप लगाउँदै जनताले योजना फरफारक गर्दा तलमाथि भएकाले सच्याउन आग्रह गरे । नेकपाका नेता तथा तातोपानी गाउँपालिका सदस्य...
-
२०७६ आश्विन ८, बुधबार
दोषीलाई कारवाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत चाडलक्षित प्रचार सामग्रीमा हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्वीर संलग्न गरिएकामा दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा भएको त्रुटीमाथि...
-
२०७६ आश्विन ८, बुधबार
आमाको हत्यापछि छोराछोरीको बिचल्ली
दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा...
-
२०७६ आश्विन ८, बुधबार
पर्यटन वर्षलाई सघाउन पालिकामा उपसमिति
गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष ९सन् २०१९–२०२२० सफल पार्न जिल्लाका स्थानीय तहमा उपसमिति गठन गरिएको छ । जिल्लास्तरीय समन्वय उपसमितिका अनुसार बागलुङ, गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, बरेङ, काठेखोला र बडिगाड गाउँपालिकामा उपसमिति गठन भइसकेको छ । तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा आजभोलिमै उपसमिति गठन गर्ने तयारी छ । पालिकास्तरीय उपसमिति स्थानीय तहका प्रमुखको अध्यक्षतामा गठन गरिएको...
-
२०७६ आश्विन ८, बुधबार
दशैँ मनाउन घर फर्किनेको लर्को
दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किनुभएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते...
-
२०७६ आश्विन ८, बुधबार
कृषिमा प्रचुर सम्भावना बोकेको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै
अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्टझँै लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीयझँै लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरालगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भँैसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा...
-
२०७६ आश्विन ७, मंगलबार
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील ः उपप्रधानमन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।” सरकारले...
-
२०७६ आश्विन ७, मंगलबार
दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिकरूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको हो । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय...
-
२०७६ आश्विन ७, मंगलबार
पुनःनिर्माण कार्यक्रम वडालाई हस्तान्तरण
राष्ट्रिय पुनःनिर्माण प्राधिरकणसँगको समन्वयमा कारितास नेपालले भूकम्पपछि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा सञ्चालित ‘नेपाल भूकम्प पुनःनिर्माण कार्यक्रम’ सम्पन्नपछि वडालाई हस्तान्तरण गरिएको छ । भूकम्पपछि पुनःनिर्माणको काममा कारितासले सहयोग गर्दै आएकोमा काभ्रेको दुर्गम कोशीपारि क्षेत्रको चौरीदेउराली गाउँपालिकास्थित वडा नं १ को सानोवाङथली, २ को नाग्रेगगर्चे र ३ को माझीफेदामा निजी आवास...
-
२०७६ आश्विन ७, मंगलबार
डेङ्गुका कारण पर्यटक आएनन्
साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने...
-
२०७६ आश्विन ७, मंगलबार
प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम
किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका लागि बीमाका विषयमा कुरा बुझ्दै गएपछि किसानले धमाधम बीमा गर्न थालेको एनएलजी...
-
२०७६ आश्विन ७, मंगलबार
अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री
अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ । अनाथालयका बालबालिकालाई एक शैक्षिकसत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिनुभयो । सो कम्पनी जीवन...


