relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आश्विन ७, मंगलबार

    प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

    किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको छ । पशुका लागि बीमाका विषयमा कुरा बुझ्दै गएपछि किसानले धमाधम बीमा गर्न थालेको एनएलजी...

  • २०७६ आश्विन ७, मंगलबार

    अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री

    अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ । अनाथालयका बालबालिकालाई एक शैक्षिकसत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिनुभयो । सो कम्पनी जीवन...

  • २०७६ आश्विन ७, मंगलबार

    नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

    नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहनुभएका...

  • २०७६ आश्विन ७, मंगलबार

    दुई दिनमा २० हजारले लिए दशैँको अग्रिम टिकट

    नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका...

  • २०७६ आश्विन ७, मंगलबार

    दशैँमा मासुको अभाव नहुने विभागको दाबी

    यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । नागढुङ्गा प्रहरी चेकपोष्टले दशैमा झण्डै २० देखि २५ लाख मानिस उपत्यकाबाट बाहिरिने...

  • २०७६ आश्विन ७, मंगलबार

    राष्ट्रकविको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै काव्यसाधक घिमिरेलाई जन्मदिनको बधाई ज्ञापन गर्नुभएको हो । “नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस्”, प्रधानमन्त्रीले गर्नुभएको ट्वीटमा उल्लेख छ । हाल ‘ऋतम्भरा’ महाकाव्य सिर्जनारत कविवर...

  • २०७६ आश्विन ७, मंगलबार

    सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने

    चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकाअनुसार जिल्लाको जनघनत्व बढ्दै गएको र अहिले जिल्लामा रहेको प्रहरी दरबन्दीले नागरिकको सुरक्षामासमेत अपुग हुने भएकाले...

  • २०७६ आश्विन ७, मंगलबार

    लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह

    उद्योगी–व्यवसायीले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई उत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले उद्योग र पर्यटनका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तीनै तहका सरकारलाई सुझाव पनि दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६६औँ साधारणसभामा सोमबार उद्योगी÷व्यवसायीले योगदानमा आधारित सामाजिक सुरक्षाकोष कार्यान्वयनका लागि...

  • २०७६ आश्विन ७, मंगलबार

    गोदाममै थन्कियो कर्णालीको तिते फापर

    वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर । संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाइँमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म सिमी सात क्विन्टल र तिते फापर पाँच केजी बिक्री...

  • २०७६ आश्विन ७, मंगलबार

    राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

    संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव...

  • २०७६ आश्विन ७, मंगलबार

    लहरी छुट्ने ढोरबाराही मन्दिरको गुरुयोजना तयार

    आफै लहरी छुट्ने ढोरबाराही मन्दिरको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ बजस्थलमा अवस्थित यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर बनाउने उद्देश्यसहित ढोरेली सेवा समाज काठमाडौँले गुरुयोजना बनाएको हो । चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शिला छन् । पोखरीमा पन्ध्र÷पन्ध्र...

  • २०७६ आश्विन ७, मंगलबार

    फिनल्याण्ड र युएइले नेपालको विकासमा सघाउने

    फिनल्याण्ड र युएइले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स युएइका उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो । मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक...

Pages