STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ३, शुक्रबार

    दशैँमा मालवाहक गाडी राति चलाउने सहमति

    दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबँेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो । सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बाउनुभयो ।...

  • २०७६ आश्विन ३, शुक्रबार

    सेवा विस्तारमा समस्या

    यातायात सेवा कार्यालय उदयपुरले सबै प्रकारका यातायात सेवा र सवारीसम्बन्धी काम गर्ने अख्तियार प्रदेश नं १ सरकारबाट प्राप्त गरे पनि यातायात व्यवस्थापन विभागले प्रदेश कोर्ड उपलब्ध नगराउँदा सेवा विस्तार गर्न समस्या भएको छ । विसं २०६७ मा सिरहाको लहानस्थित यातायात सेवा कार्यालयको उपशाखाका रुपमा उदयपुरसहित पहाडी जिल्ला खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा हेर्ने गरी स्थापना भएको याताया सेवा कार्यालय उदयपुरले...

  • २०७६ आश्विन ३, शुक्रबार

    भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

    संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई...

  • २०७६ आश्विन ३, शुक्रबार

    बेइजिङमा संविधान दिवस

    संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै...

  • २०७६ आश्विन ३, शुक्रबार

    प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध ः मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले...

  • २०७६ आश्विन ३, शुक्रबार

    विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

    संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा...

  • २०७६ आश्विन २, बिहिबार

    दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

    शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना ९म्युचअल फण्ड०अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो । बोर्डमा छलफलका क्रममा रहेका ती...

  • २०७६ आश्विन २, बिहिबार

    देश प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताउनुभयो । संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा...

  • २०७६ आश्विन २, बिहिबार

    संविधानमा सम्झौता गर्न सकिँदैन उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताउनुभएको छ । ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको कार्यक्रममा मन्त्री पोखरेलले नेपाली लाखाँै जनताको सहमतिद्वारा निर्माण भएको संविधानमा कुनै पनि कमजोरी नरहेको प्रतिबद्धता जाहेर गर्नुभयो । “...

  • २०७६ आश्विन २, बिहिबार

    पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

    नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । बैठकले श्रमजीवी पत्रकारहरुका...

  • २०७६ आश्विन २, बिहिबार

    भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि

    देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिनुभयो । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उहाँले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको...

  • २०७६ आश्विन २, बिहिबार

    ‘तोडौँ मौनता, अन्त्य गराँै दण्डहीनता’

    प्र्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताउनुभएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुधबार बुटवलमा आयोजना गरेको ‘तोडाँै मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताउनुभयो । “द्वन्द्व प्रभावितहरुको त्यागकै कारण मुलुकमा...

Pages