राष्ट्रिय
-
२०७६ आश्विन ५, आइतबार
मानव सेवा आश्रममा फलफूल वितरण
संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो । आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो आश्रममा आश्रितलाई फलफूल वितरण गर्दै नेपालमा...
-
२०७६ आश्विन ४, शनिबार
चित्रकलाको ‘मध्यपुरथिमि सिरिज’
उपत्यकाका कलाकारहरुको सहभागितामा एक वर्षदेखि शुरु भएको शनिबारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’ शुरु भएको छ । ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताको अनुपम क्षेत्र भएकाले यसपटक मध्यपुरथिमि कलाकारको रोजाइमा परेको हो । यहाँ निलवाराही, महालक्ष्मी, कुमारी, सिद्धिगणेश, सिद्धिकाली, दिगुभैरव, राजगणेश, स्वेतभैरव, गुरुगणेश, लोकेश्वर, थासोमा गणेश, बालकुमारी, ताहानारायण, विष्णुवीर, नगदेश...
-
२०७६ आश्विन ४, शनिबार
चाडपर्व लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा गरिने
नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल एसएसबी, भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग...
-
२०७६ आश्विन ४, शनिबार
तीन स्रष्टाहरु द्वारा कथा वाचन
सःछगु फरक अभिव्यक्तिको रुपमा संचालनमा आईरहेको मासिक साहित्यिक कार्यक्रम अन्तर्गत शनिबार ललितपुरको दबुु नेवास्नसाछें ईखालखु,तलाछेंमा नेपाल भाषामा यस पटक ३ जना स्रष्टाहरूका ५,५ वटा लघुकथा वाचन चिबाखँ वाचन गर्दै आइरहेको कार्यक्रमलाई निरन्तरता दिँदै आज १० औं श्रृङ्खला सम्पन्न गरेको छ । यसपटकको श्रृङ्खला अन्तर्गत लघुकथा वाचन कार्यक्रममा ३ जना स्रष्टाहरू क्रमशः केदार सितु, रासा र स्नेह सायमिले आ(...
-
२०७६ आश्विन ३, शुक्रबार
ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम
ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो । विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित...
-
२०७६ आश्विन ३, शुक्रबार
राससले जनताका समस्या उजागर गर्नुपर्छ ः महाप्रबन्धक शर्मा
राष्ट्रिय समाचार समिति रासस का महाप्रबन्धक ओपेन्द्र शर्माले राससले सरकारको मात्र नभई जनताका समस्या पनि उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस कर्णाली प्रदेश कार्यालय आज निरीक्षणपश्चात् कर्मचारीलाई निर्देशन दिँदै उहाँले विकास निर्माण, पर्यटन र कृषिका सम्भावनाका साथै जनताका समस्यालाई उजागर गर्नुपर्ने बताउनुभएको हो । प्रतिस्पर्धाको युगमा रासस पनि प्रादेशिक संरचनामा जान बाध्य भएको छ भन्दै...
-
२०७६ आश्विन ३, शुक्रबार
मुख्यमन्त्री शाहीद्वारा शुभकामना
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै मुख्यमन्त्री शाहीले यो ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनु भएको छ । मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको...
-
२०७६ आश्विन ३, शुक्रबार
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम नेपाली जनताको उत्सवको रूपमा...
-
२०७६ आश्विन ३, शुक्रबार
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्मन्त्री पौडेल
प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मुख्मन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको...
-
२०७६ आश्विन ३, शुक्रबार
बज्राचार्य गुरुहरुलाई बज्रसत्व अभिषेक प्रदान
बज्रयान बौद्धधर्ममा अतिविशिष्ट दीक्षा हासिल गर्ने प्रशिक्षार्थीहरुलाई बज्रसत्व अभिषेक प्रदान गरिएको छ । बुद्धधर्ममा बज्रसत्व अभिषेकलाई एक विशिष्ट दीक्षाका रूपमा लिइन्छ । बौध्द दर्शन अध्ययन पुचःको आयोजनामा तेस्रो बज्रसत्व अभिषेक नामक विशेष पूजा काठमाडौँको श्रीखण्ड तरूमूल महाविहारमा बज्रयान बौद्ध परम्पराअनुसार सम्पन्न भयो । बज्रयान बौद्ध धर्मका विभिन्न विधामा अध्ययन गर्ने बौद्ध विद्यार्थीहरूलाई...
-
२०७६ आश्विन ३, शुक्रबार
दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ । सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट प्रा डा दिव्यासिंह शाह...
-
२०७६ आश्विन ३, शुक्रबार
ग्यास र हवाई इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र...


