राष्ट्रिय
-
२०७६ आश्विन २, बिहिबार
बाढी र पहिरोले खोटाङमा सबै यातायात सेवा अवरुद्ध
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव...
-
२०७६ आश्विन २, बिहिबार
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग ९ओपिडी० तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको छ । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा...
-
२०७६ आश्विन २, बिहिबार
राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा
राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडाँैको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठसमेत सात, काठमाडौँको बत्तीसपुतलीस्थित रुक्मिणि इण्डस्ट्रिज प्रालिका सञ्चालक...
-
२०७६ आश्विन २, बिहिबार
दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारी प्रतिवेदन
जिल्लाको दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारीरूपमा लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले जिल्लामा सञ्चालित दुग्ध डेरी तथा पानी उद्योगको अनुगमनपछि प्राप्त तथ्याङ्कका आधारमा डेरी र पानी उद्योग सञ्चालकबीच प्रतवेदन सार्वजनिक गरेको हो । “अधिकांश डेरीमा सरकारका कार्यक्रम लागू भएको पाइयो, विशेषगरी सरकारी अनुदानमा कृषकहरु निकै...
-
२०७६ आश्विन १, बुधबार
वन्यजन्तुको आक्रमणमा मृत्यु भएका र क्षति पुगेकालाई राहत
डिभिजन वन कार्यालयले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइतेलाई रु ४४ लाख १९ हजार ७०४ राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट जिल्लामा चारको मृत्यु र भालुको आक्रमणबाट सात घाइते भएका थिए । सोही क्षेत्रमा चितुवाको आक्रमणबाट तीन गाई, १२ बाख्रा, एक भेडा र एक सुँगुरको मृत्यु भएको थियो । मृत्यु हुने सबै बालबालिका भानु नगरपालिकाका थिए । दुई वर्ष अघि एक र गत वर्ष तीन गरी चार जनाको चितुवाको...
-
२०७६ आश्विन १, बुधबार
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा...
-
२०७६ आश्विन १, बुधबार
ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै
मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो । पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका...
-
२०७६ आश्विन १, बुधबार
पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’
सरकारले सातांै राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरेको छ । दिवस मनाउन गठित मूलसमारोह समितिले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नीति सार्वजनिक गर्नुभएको हो । नीतिले ‘दिगो विकास र समृद्धिका लागि विज्ञान तथा नव–प्रवर्तन’ को सोच र ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र...
-
२०७६ आश्विन १, बुधबार
मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो
गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको डेङ्गु भदौको प्रारम्भसँगै परेको झरीका कारण डेङ्गु...
-
२०७६ आश्विन १, बुधबार
बिहीबारदेखि मौसममा सुधार हुने
भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बुधबार देशका मध्य र पश्चिमका...
-
२०७६ आश्विन १, बुधबार
काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त
काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गर्नुभएको हो । भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको...
-
२०७६ आश्विन १, बुधबार
डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन ःउपप्रधानमन्त्री यादव
उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराउनुभयो । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको...


