STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन १, बुधबार

    ज्यावलका देवता विश्वकर्माको पूजा गरिँदै

    मिथिला क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू मैथिल परम्पराअनुसार आज महोत्तरीसहितका तराई क्षेत्रमा ज्यावलका देवता मानिने विश्वकर्माको पूजाआराधना गर्न लागिएको हो । पर्वका अवसरमा आज यस भेगका मेशिनरी पार्टस्का औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्माको पूजाआराधना विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका...

  • २०७६ आश्विन १, बुधबार

    पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’

    सरकारले सातांै राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरेको छ । दिवस मनाउन गठित मूलसमारोह समितिले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नीति सार्वजनिक गर्नुभएको हो । नीतिले ‘दिगो विकास र समृद्धिका लागि विज्ञान तथा नव–प्रवर्तन’ को सोच र ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र...

  • २०७६ आश्विन १, बुधबार

    मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

    गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ । बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको डेङ्गु भदौको प्रारम्भसँगै परेको झरीका कारण डेङ्गु...

  • २०७६ आश्विन १, बुधबार

    बिहीबारदेखि मौसममा सुधार हुने

    भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बुधबार देशका मध्य र पश्चिमका...

  • २०७६ आश्विन १, बुधबार

    काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

    काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँ जिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गर्नुभएको हो । भदौ २४ गते काठमाडौँ महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको...

  • २०७६ आश्विन १, बुधबार

    डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन ःउपप्रधानमन्त्री यादव

    उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराउनुभयो । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको...

  • २०७६ आश्विन १, बुधबार

    छाडा पशुको गणना शुरु

    सुर्खेतमा रहेका छाडा पशुको व्यवस्थापन गर्न गणना शुरु गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा पशुको व्यवस्थापन गर्न गठन गरेको कार्यदलले सुर्खेतमा मङ्गलबारदेखि छाडा पशुको गणना शुरु गरेको हो । मङ्गलबारबाट शुरु गरिएको गणनामा १४२ छाडा पशु भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको भेरी पुलदेखि बाङगेसिमल खण्डमा ८५ छाडा पशु भेटिएका पशुपक्षी विकास निर्देशनालय कर्णाली...

  • २०७६ आश्विन १, बुधबार

    मल्लको नाममा कोलकाताको सडकको नामकरण गर्न आग्रह

    श्रीजानकी माता धार्मिक नेपाली सङ्घ कोलकाता, भारतद्वारा आयोजित १३ आँै रक्तदान शिविरमा ६२ जनाले रक्तदान गरेका छन् । सो अवसरमा गणेशकुमार प्रधान प्रधानसम्पादक रहेको ‘सम्झना’ वार्षिक पत्रिकाको छैटाँै अङ्क पनि विमोचन गरियो । कार्यक्रममा खिमराज बराल, नरविक्रम थापा, राजु पाठक, महेश्वरसिंह गुरूङ, विकास जायसवाल, शैलेश जायसवाल, हृदयनन्द मिश्रा, गुञ्जदास श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद बस्याल, रमा...

  • २०७६ आश्विन १, बुधबार

    पनौती सङ्ग्रहालयमा विदेशी पर्यटकको आगमन बढ्यो

    करीब दशवर्ष अगाडिदेखि स्थानीय जनसमुदायको सक्रियतामा स्थापना भएको पनौती सङ्ग्रहालयमा आन्तरिक भन्दा बाह्य पर्यटकको आगनमको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्गहालयका कर्मचारी तथा पनौती सङ्ग्राहलय व्यवस्थापन समितिका सदस्य–सचिव राजेन्द्र महाजुका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा तीन हजार १५१ सार्क राष्ट्रका नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन् । उहाँका अनुसार विदेशी पर्यटकको सङ्ख्या वर्षेनी वृद्धि हुँदै...

  • २०७६ आश्विन १, बुधबार

    भ्रष्टाचार विरोधी अभियान चलाइने

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उहाँले कुनै पनि बहाना र नाममा समाजमा हिंसा भड्काउने र लुटपाट गर्ने खालका क्रियाकपाल सह्य नहुने स्पष्ट गर्नुभयो । “अब के प्राप्त गर्नको लागि हिंसा गर्ने हो रु’’, उहाँले प्रश्न गर्नुभयोे । उहाँले तोकिएको समयमा नै काम सम्पन्न...

  • २०७६ आश्विन १, बुधबार

    आज परिवार नियोजन दिवस परिवार योजनाका कार्यक्रम प्रभावहीन

    करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना नियोजनका कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षौँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजको...

  • २०७६ आश्विन १, बुधबार

    सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिबद्धता व्यक्त...

Pages