STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन ३, शुक्रबार

    संविधान दिवस ः हातहातमा झण्डा, मनमनमा संविधान

    संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा...

  • २०७६ आश्विन ३, शुक्रबार

    ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

    ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो । विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित...

  • २०७६ आश्विन ३, शुक्रबार

    राससले जनताका समस्या उजागर गर्नुपर्छ ः महाप्रबन्धक शर्मा

    राष्ट्रिय समाचार समिति रासस का महाप्रबन्धक ओपेन्द्र शर्माले राससले सरकारको मात्र नभई जनताका समस्या पनि उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस कर्णाली प्रदेश कार्यालय आज निरीक्षणपश्चात् कर्मचारीलाई निर्देशन दिँदै उहाँले विकास निर्माण, पर्यटन र कृषिका सम्भावनाका साथै जनताका समस्यालाई उजागर गर्नुपर्ने बताउनुभएको हो । प्रतिस्पर्धाको युगमा रासस पनि प्रादेशिक संरचनामा जान बाध्य भएको छ भन्दै...

  • २०७६ आश्विन ३, शुक्रबार

    मुख्यमन्त्री शाहीद्वारा शुभकामना

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै मुख्यमन्त्री शाहीले यो ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनु भएको छ । मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको...

  • २०७६ आश्विन ३, शुक्रबार

    संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम नेपाली जनताको उत्सवको रूपमा...

  • २०७६ आश्विन ३, शुक्रबार

    ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्मन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मुख्मन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको...

  • २०७६ आश्विन ३, शुक्रबार

    बज्राचार्य गुरुहरुलाई बज्रसत्व अभिषेक प्रदान

    बज्रयान बौद्धधर्ममा अतिविशिष्ट दीक्षा हासिल गर्ने प्रशिक्षार्थीहरुलाई बज्रसत्व अभिषेक प्रदान गरिएको छ । बुद्धधर्ममा बज्रसत्व अभिषेकलाई एक विशिष्ट दीक्षाका रूपमा लिइन्छ । बौध्द दर्शन अध्ययन पुचःको आयोजनामा तेस्रो बज्रसत्व अभिषेक नामक विशेष पूजा काठमाडौँको श्रीखण्ड तरूमूल महाविहारमा बज्रयान बौद्ध परम्पराअनुसार सम्पन्न भयो । बज्रयान बौद्ध धर्मका विभिन्न विधामा अध्ययन गर्ने बौद्ध विद्यार्थीहरूलाई...

  • २०७६ आश्विन ३, शुक्रबार

    दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ । सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट प्रा डा दिव्यासिंह शाह...

  • २०७६ आश्विन ३, शुक्रबार

    ग्यास र हवाई इन्धनको मूल्य घट्यो

    नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० कायम भएको निगमका प्रवक्ता वीरेन्द्र...

  • २०७६ आश्विन ३, शुक्रबार

    ‘डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’

    हिमाल, पहाड र तराई भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेङ्गु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ । सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनाङमा समेत एक जनामा डेङ्गु देखापरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार रोगका कारण हालसम्म काठमाडौँ,...

  • २०७६ आश्विन ३, शुक्रबार

    पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड

    इलामको पर्यटकीय विकासलाई लक्ष्य गरी आयोजित पर्यटन व्यवसायी तथा सरोकारवालाबीचको छलफल एवम् अन्तक्र्रियामा पर्यटन, प्रवद्र्धन र पर्यटकीय साझेदारीमा जोड दिइएको छ । इलाम नगरपालिका कार्यालय र नगर पर्यटन प्रवद्र्धन समितिद्वारा बिहीबार साँझ संयुक्त रुपमा आयोजित कार्यक्रमका वक्ताले यहाँका प्राकृतिक एवम् सांस्कृतिक स्थललाई पर्यटन बजारमा पु¥याउँदै पोखरा, चितवनलगायत स्थलसँग पर्यटकीय साझेदारी हुनुपर्ने...

  • २०७६ आश्विन ३, शुक्रबार

    दशैँमा मालवाहक गाडी राति चलाउने सहमति

    दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबँेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो । सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बाउनुभयो ।...

Pages