राष्ट्रिय
-
२०७६ आश्विन ५, आइतबार
भिमसेन मन्दिरका पुनःनिर्माण लागि बृहत पदयात्रा ‘भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण प्रयास’ मन्त्री भट्टराई
भिमसेन मन्दिर पुनःनिर्माणका लागि सर्वसाधारण नागरिकबाट शनिबार मात्रै करिब १० लाख रुपैयाँ जम्मा भएको छ । पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम जुट्ने क्रममा शनिबार आयोजित बृहत पदयात्राका सहभागीहरुबाट सो रकम जम्मा भएको हो । बैशाख १२ गतेको विनाशकारी भूकम्पले सो मन्दिर क्षतिग्रस्त भएको थियो । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भइरहेको भिमसेन मन्दिर पुनःनिर्माणमा सहयोग...
-
२०७६ आश्विन ५, आइतबार
मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्काल मुआब्जा निर्धारण...
-
२०७६ आश्विन ५, आइतबार
साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु
भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ । जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको थियो । निर्माणकार्यको जिम्मा लिएका निर्माण व्यवसायी...
-
२०७६ आश्विन ५, आइतबार
म्यान्मामा राष्ट्रिय दिवस
म्यान्माको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । म्यान्माका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्माका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्माका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए । मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई...
-
२०७६ आश्विन ५, आइतबार
टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा भण्डारी
कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी हुनुभएको हो । भण्डारीले ५४१ मत प्राप्त गर्नुभएको छ भने खत्रीले ३२० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी हुनुभएको छ । महासचिवमा तपेन्द्र स्वाँर...
-
२०७६ आश्विन ५, आइतबार
स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण
नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ । नेकपा दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख वेदुराम भुषालले...
-
२०७६ आश्विन ५, आइतबार
मानव सेवा आश्रममा फलफूल वितरण
संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो । आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो आश्रममा आश्रितलाई फलफूल वितरण गर्दै नेपालमा...
-
२०७६ आश्विन ५, आइतबार
स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै
तपार्इँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ रु आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ रु अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ रु होस् गर्नुहोला । कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ । पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग...
-
२०७६ आश्विन ५, आइतबार
धरानमा पर्यटनका क्रेता र विक्रेता साझेदारी बढाउँदै
राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानको सिद्धी नेवाः परिषद्मा शनिबारदेखि तीन दिनसम्म चल्ने मार्टमा नेपालका विभिन्न पर्यटकीयस्थलका साथै भारत, बङ्गलादेश र भुटानका पर्यटन...
-
२०७६ आश्विन ५, आइतबार
एकता कायम र विकासलाई तीव्रता– अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल...
-
२०७६ आश्विन ५, आइतबार
जहाँ बस चढ्न हिउँद कुर्नु पर्छ
शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै साँखु, जरसिंह पौवा हँुदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडको अवस्थता उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ । केराघारीका बासिन्दा सवारीसाधन प्रयोग...
-
२०७६ आश्विन ५, आइतबार
‘नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन पुस्तिका’ सार्वजनिक
प्रारम्भिक बालविकासको अवस्थाबारे चर्चा गरिएकोे पुस्तक ‘नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन पुस्तिका’ सार्वजनिक भएको छ । प्रारम्भिक बालविकासमा कार्यरत गैरसरकारी संस्था सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्रले राष्ट्र सङ्घीय बालकोष युनिसेफ, प्लान नेपाल र सेभ द चिल्ड्रेनको आर्थिक एवं प्राविधिक सहयोगमा सार्वजनिक गरेको सो पुस्तकको लेखन मधु राजभण्डारी, श्रीहरि खनाल, डा मीनाक्षी दाहाल र डा किशोर...


