STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र ३०, सोमबार

    संसदीय टोलीद्वारा म्याग्दी कारागारको अनुगमन

    गण्डकी प्रदेशको संसदीय टोलीले बेनी नगरपालिका–२ खबरास्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । २५ पुरुष र सात महिला गरी कूल ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा हाल ९३ पुरुष र सात महिला गरी १०० कैदीबन्दी रहेका छन् । प्रदेश मामिला समितिका दीपक थापाको संयोजकत्वमा आइतबार चिन्ताबहादुर घले, विनोद केसी र कोपिल बोहोराको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरी त्यहाँको समस्या तथा वस्तुस्थितिको...

  • २०७६ भाद्र ३०, सोमबार

    हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र

    तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल...

  • २०७६ भाद्र ३०, सोमबार

    चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

    गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बजार...

  • २०७६ भाद्र ३०, सोमबार

    नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्टमा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण र सफ्टवयेरको सहायताबाट सो भूउपग्रहको...

  • २०७६ भाद्र ३०, सोमबार

    मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

    जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ शाखा कार्यालय...

  • २०७६ भाद्र ३०, सोमबार

    फिस्लिङमा प्रहरी पोष्ट स्थापना

    चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष...

  • २०७६ भाद्र ३०, सोमबार

    प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

    भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गर्नुभएको हो । कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा बाल विवाहमुक्त प्रदेश बनाउने चुनौती पूर्ण लक्ष्य लिइएको बताउनुभयो । बाल...

  • २०७६ भाद्र ३०, सोमबार

    परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आह्वान

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, “समृद्धि र विकासको...

  • २०७६ भाद्र ३०, सोमबार

    अवैध बालुवा उत्खननमा संलग्न स्काभेटरमा साङ्लो

    नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर ९हेभी उपकरण० मा प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो । नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेक्टरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले...

  • २०७६ भाद्र ३०, सोमबार

    केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

    मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् । केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५०० क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै सङ्ख्यामा...

  • २०७६ भाद्र ३०, सोमबार

    हनुमाननगरमा अजिङ्गर भेटियो

    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५÷२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको प्रहरीले जनाएको छ ।

  • २०७६ भाद्र ३०, सोमबार

    दुई विधेयक विधायन समितिमा

    राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५’ लाई विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त दुई विधेयकलाई दफाबार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत...

Pages