राष्ट्रिय
-
२०७६ भाद्र ३०, सोमबार
विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश
नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नु भएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ । उहाँलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उहाँलाई रु...
-
२०७६ भाद्र ३०, सोमबार
संसदीय टोलीद्वारा म्याग्दी कारागारको अनुगमन
गण्डकी प्रदेशको संसदीय टोलीले बेनी नगरपालिका–२ खबरास्थित जिल्ला कारागार शाखाको अनुगमन गरेको छ । २५ पुरुष र सात महिला गरी कूल ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा हाल ९३ पुरुष र सात महिला गरी १०० कैदीबन्दी रहेका छन् । प्रदेश मामिला समितिका दीपक थापाको संयोजकत्वमा आइतबार चिन्ताबहादुर घले, विनोद केसी र कोपिल बोहोराको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरी त्यहाँको समस्या तथा वस्तुस्थितिको...
-
२०७६ भाद्र ३०, सोमबार
हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र
तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल...
-
२०७६ भाद्र ३०, सोमबार
चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बजार...
-
२०७६ भाद्र ३०, सोमबार
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्टमा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ । नाष्टले गत बिहीबारबाट सो ग्राउण्ड स्टेशनको सहायतामा भूउपग्रहको जानकारी लिन शुरु गरेको हो । नाष्टको कार्यालयमा जडान गरिएको रेडियो उपकरण र सफ्टवयेरको सहायताबाट सो भूउपग्रहको...
-
२०७६ भाद्र ३०, सोमबार
मालपोत कार्यालयमा अनलाइन सेवा शुरु
जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ शाखा कार्यालय...
-
२०७६ भाद्र ३०, सोमबार
फिस्लिङमा प्रहरी पोष्ट स्थापना
चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच प्रदेश ३ का प्रदेशसभा सदस्य घनश्याम दाहालले उद्घाटन गर्दै नागरिक र प्रहरीबीच समधुर सम्बन्ध भए मात्र सुशासन कायम हुने बताउनुभयो । उहाँले फिस्लिङ तीन जिल्लाको सङ्गमस्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष...
-
२०७६ भाद्र २९, आइतबार
भ्रमण वर्ष सफल पार्न त्रिदेशीय ट्राभल एक्स्पो हुँदै
नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ...
-
२०७६ भाद्र २९, आइतबार
नारायणी नदीमा दशँै अघि क्रुजको परीक्षण
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप मिनि पानी जहाजको परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल...
-
२०७६ भाद्र २९, आइतबार
अमेरिका, चीन र भारतसँगको सम्बन्धबाट नेपालको भलाइ हुनेछः डा नायाक
नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेकाले नेपालले सन्तुलित विदेश नीतिबाट धेरै लाभ उठाउन सक्ने अवसर रहेको आज यहाँ आयोजित कार्यक्रममा एक भारतीय विज्ञले धारणा राख्नुभयो । त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एशियाली अनुसन्धान केन्द्र९सिनास०ले आयोजना...
-
२०७६ भाद्र २९, आइतबार
न्युयोर्कमा इन्द्रजात्रा मनाइयो
न्युयोर्कमा बसोबास गदै आइरहेका नेवारी समुदायले गत बर्ष झै यस पटक पनि ज्याक्सनहाइटको मुटु मानिने डाइभर्सिटि प्लाजामा येन्हापुन्ही इन्द्र जात्रा मनायो । नेवा गुठी न्युयोर्कद्धारा आयोजना गरिएको इन्द्र जात्रा परम्परागत शैलिमा विभिन्न मौलिक खाना परिकार सझाएको स्थानमा कुमारीलाई स्वागत गदै सेतो हात्ती र लाखे नचाएर इन्द्र जात्रा मनाएका छन । नेवारी समुदायमा कुमारीलाई जिवित देवीको रुपमा पुज्दै आएका छन ।...
-
२०७६ भाद्र २९, आइतबार
खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा
विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हँुदै गएकोे छ । यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युत्को पोलबाट लत्रिएका हजाराँै भोल्टेजको तारमा कुल्चँदा हात्तीमा करेन्ट लागेको थियो । मधुवन नगरपालिका–१ स्थित कैलासीका बासिन्दाले हात्तीलाई करेन्ट लागेको देखेपछि विद्युत्को लाइन काट्न लगाएका कारण हात्ती बाँच्न सफल भएको थियो...


