राष्ट्रिय
-
२०७६ भाद्र २९, आइतबार
हजारौँ बालबालिका विद्यालयबाहिर छन् ः मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताउनुभयो । ‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको...
-
२०७६ भाद्र २९, आइतबार
भ्रमण वर्ष सफल पार्न त्रिदेशीय ट्राभल एक्स्पो हुँदै
नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ...
-
२०७६ भाद्र २९, आइतबार
नारायणी नदीमा दशँै अघि क्रुजको परीक्षण
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप मिनि पानी जहाजको परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल...
-
२०७६ भाद्र २९, आइतबार
अमेरिका, चीन र भारतसँगको सम्बन्धबाट नेपालको भलाइ हुनेछः डा नायाक
नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेकाले नेपालले सन्तुलित विदेश नीतिबाट धेरै लाभ उठाउन सक्ने अवसर रहेको आज यहाँ आयोजित कार्यक्रममा एक भारतीय विज्ञले धारणा राख्नुभयो । त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एशियाली अनुसन्धान केन्द्र९सिनास०ले आयोजना...
-
२०७६ भाद्र २९, आइतबार
न्युयोर्कमा इन्द्रजात्रा मनाइयो
न्युयोर्कमा बसोबास गदै आइरहेका नेवारी समुदायले गत बर्ष झै यस पटक पनि ज्याक्सनहाइटको मुटु मानिने डाइभर्सिटि प्लाजामा येन्हापुन्ही इन्द्र जात्रा मनायो । नेवा गुठी न्युयोर्कद्धारा आयोजना गरिएको इन्द्र जात्रा परम्परागत शैलिमा विभिन्न मौलिक खाना परिकार सझाएको स्थानमा कुमारीलाई स्वागत गदै सेतो हात्ती र लाखे नचाएर इन्द्र जात्रा मनाएका छन । नेवारी समुदायमा कुमारीलाई जिवित देवीको रुपमा पुज्दै आएका छन ।...
-
२०७६ भाद्र २९, आइतबार
खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा
विद्युत् प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हँुदै गएकोे छ । यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युत्को पोलबाट लत्रिएका हजाराँै भोल्टेजको तारमा कुल्चँदा हात्तीमा करेन्ट लागेको थियो । मधुवन नगरपालिका–१ स्थित कैलासीका बासिन्दाले हात्तीलाई करेन्ट लागेको देखेपछि विद्युत्को लाइन काट्न लगाएका कारण हात्ती बाँच्न सफल भएको थियो...
-
२०७६ भाद्र २९, आइतबार
निग्लिहवामा भाद्र पूर्णिमा उत्सव
लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमअन्तर्गत बुद्धको जीवनीसँग महत्वपूर्ण मानिएका मासिक पूर्णिमाअन्तर्गतको भाद्र पूर्णिमा उत्सव कार्यक्रम शनिबार कपिलवस्तुस्थित निग्लिहवामा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन र लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको कार्यक्रमअन्तर्गत हरेक महीना...
-
२०७६ भाद्र २९, आइतबार
खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ ः मन्त्री विश्वकर्मा
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने...
-
२०७६ भाद्र २८, शनिबार
‘आत्मबल उच्च बनाए डेङ्गु जित्न सकिन्छ’
डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेङ्गुलाई हाउगुजी बनाउन नहुने बताउनुभयो । निको भएका बिरामीकोतर्फबाट...
-
२०७६ भाद्र २८, शनिबार
आक्रमणकारी माथि कारवाही नभए संसद् अवरुद्ध गर्ने देउवाको चेतावनी
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आप्mना पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ । आज नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नु भयो, “सरकारले घटनाका दोषीहरुलाई कानूनी दायरामा नल्याएसम्म आप्mनो दल चुप लागेर बस्दैन ।” बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरु...
-
२०७६ भाद्र २८, शनिबार
विदेशी पाहुनाबाट चन्द्रागिरि र स्वयम्भूको अवलोकन
इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी पाहुनाले आज चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडाँै महानगरपालिका र चन्द्रागिरि नगरपालिकाले करीब ५० जना विदेशी पाहुनालाई चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गराएका हुन् । त्यहाँ घुम्दा विदेशी पाहुनाले नेपालको भौगोलिक अवस्थिति, कला, संस्कृति र सम्पदाबारे जानकारी लिनुभएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी...
-
२०७६ भाद्र २८, शनिबार
राजतन्त्र फर्काउन सम्भव छैन ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताउनुभयो । “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उहाँले भन्नुभयो, “यो हल्ला मात्रै हो ।” एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति...


