राष्ट्रिय
-
२०७६ भाद्र २५, बुधबार
पाँच किलोमिटरको भाडा रु १३०
बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् । महारानी थानदेखि डाँडाखेत हुँदै...
-
२०७६ भाद्र २५, बुधबार
पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ
पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा उत्पादित वस्तुको स्वाद चखाएर पर्यटन व्यवसायलाई...
-
२०७६ भाद्र २५, बुधबार
शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्म
इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडाँै उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै...
-
२०७६ भाद्र २५, बुधबार
राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण ः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गर्नुभयो । आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको...
-
२०७६ भाद्र २५, बुधबार
पशुपति समाधिस्थलमा सिमेन्टको संरचना रोक्न माग
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरुले माग गर्नुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले आज पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...
-
२०७६ भाद्र २५, बुधबार
नेपालमा पहिलो पटक चल्यो बिजुली बस
नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गर्नुभएको हो । रु एक करोड ६२ लाख मूल्यको सो बसमा ६० सिट रहेको बताइएको छ । कम्पनीले अहिले चक्रपथमा बस सञ्चालनका लागि अनुमति लिएको छ । बस सञ्चालनका लागि कम्पनीले गत साता नै ‘चार्जिङ स्टेशन’ को उद्घाटन गरिसकेको छ । विद्युतीय बसका...
-
२०७६ भाद्र २५, बुधबार
वैवाहिक अङ्गीकृत नागरिकता तत्कालै दिने ÷नदिने भन्नेमा रस्साकस्सी
नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि अझै मतैक्यता हुन सकेको छैन । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद झपटबहादुर रावलले विवाहकै समयमा एक हातमा सिन्दूर र अर्को हातमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्थाले मुलुकको सार्वभौम र स्वाधीनता कमजोर हुने भएकाले गम्भीर भएर सोचेर...
-
२०७६ भाद्र २५, बुधबार
डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न माग
राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत...
-
२०७६ भाद्र २५, बुधबार
बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै
यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले...
-
२०७६ भाद्र २५, बुधबार
विकासको आधार विनाश हुनुहुँदैन ः हुलाकी सडक पीडित
विराटनगर–रङ्गेली–झापाको चार लेनको हुलाकी सडकअन्तर्गत अहिले विराटनगर–रङ्गेली–रतुवा खोलासम्म ४२ किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ । रङ्गेली नगरपालिका वडा नं ३, ४, ६, ७ र ८ का बासिन्दाले सडकको विस्तारबाट २५० घरपरिवारको उठिवास हुने भएको उचित क्षतिपूर्तिको माग गरेका छन् । पीडितले मालपोत कार्यालय र बजारको मूल्याङ्कनअनुसार सङ्घीय सरकारले रु ५० करोड क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।...
-
२०७६ भाद्र २५, बुधबार
नारामा समानता भए पनि बजेटमा असमानता
देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीयसरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् । पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि छुट्याइने बजेटको हिस्सा भने निकै न्यून...
-
२०७६ भाद्र २५, बुधबार
लामखुट्टे मार्न गन बोकेर बस्तीमा सांसद
भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिर्नुभएको छ । हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनुभएको सांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत...


