राष्ट्रिय
-
२०७६ भाद्र २७, शुक्रबार
लुम्बिनीमा मङ्सिर १ देखि बभू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव
नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि देखिएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव अन्तरराष्ट्रिय सम्मनेलनमा राखेको छ । भारतको नयाँदिल्लीमा भएको ‘संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलन’मा नेपालका तर्फबाट सो प्रस्ताव गरिएको हो । सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षयका कारण वातावरणीय...
-
२०७६ भाद्र २६, बिहिबार
धनगढी–खुटिया सडक अलपत्र
कैलालीको धनगढी–खुटिया सडक अलपत्र अवस्थामा पुगेको छ । प्रदेश सरकारबाट सङ्घ मातहत लिइएको सडक कहिले निर्माण हुने हो भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको हो । धनगढीदेखि खुटियासम्मको १० किलोमिटर सडक निर्माण नहुँदा सो बाटो हुँदै यात्रा गर्ने यात्रु मारमा परेका छन् । केन्द्र सरकारको मातहत रहेको सडक केही समय पहिले प्रदेश मातहतमा थियो । प्रदेश सरकारले सो सडक बनाउने पहल नगरेपछि फेरि सङ्घ सरकार अन्तर्गत...
-
२०७६ भाद्र २६, बिहिबार
कोटेश्वरका यातायात मजदूरलाई पोशाक
कोटेश्वर क्षेत्रमा कार्यरत यातायात मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरिएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घले आज एक कार्यक्रम गरी यात्रुमैत्री वातावरण निर्माणका लागि त्यस क्षेत्रमा कार्यरत यातायात कर्मचारी तथा मजदूरलाई पोशाक र परिचयपत्र वितरण गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य...
-
२०७६ भाद्र २६, बिहिबार
डेंगु संक्रमण बढेपछि अमेरिकाले जारी गर्यो ‘ट्राभल नोटिस’
२६ भदौ, काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेको छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह...
-
२०७६ भाद्र २६, बिहिबार
आगामी तीन दिन मनसुन सक्रिय
मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको...
-
२०७६ भाद्र २६, बिहिबार
काष्ठमण्डप पुनर्निर्माण ः भुइँतलाको थाम राखियो
गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि ‘फिनिसिङ’को काम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको...
-
२०७६ भाद्र २६, बिहिबार
मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा
नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी एमओयू आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो । “नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको छ”, नेपालको तर्फबाट बैठकको...
-
२०७६ भाद्र २६, बिहिबार
रकम अभावले इन्द्रजात्रा मनाउन समस्या
रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ...
-
२०७६ भाद्र २६, बिहिबार
इन्द्रजात्रा, अनन्त चतुर्दशी
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा...
-
२०७६ भाद्र २६, बिहिबार
इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना आउँदै
इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले...
-
२०७६ भाद्र २६, बिहिबार
मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा
पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज रु २०० भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताउनुभयो । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उहाँको भनाइ छ । “एक त बाटो अप्ठ्यारो छ”, उहाँले भन्नुभयो, त्यसैमाथि गाडीको...
-
२०७६ भाद्र २६, बिहिबार
दुई पत्रकार सम्मानित
नेपाल खेलकूद पत्रकार एनएसजेएफ मञ्चले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा बुधबार दुई खेल पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल टेलिभिजनमा कार्यरत खेल पत्रकार राजु सिलवाल र खेलापाटी डटकमका निशान राई हुनुहुन्छ । सिलवाल एनएसजेएफ खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हँुदा खेलपाटीका राई सुमन भोम्जन स्मृति युवा खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभयो । खेल पत्रकारिता क्षेत्रमा...


