राष्ट्रिय
-
२०७६ भाद्र २३, सोमबार
प्रदेशबाट रासस बुलेटिन प्रकाशन गर्ने योजना
राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक ओपेन्द्र शर्माले नेपालगञ्जस्थित रासस कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा महाप्रबन्धक शर्माले कार्यालयको सेवा प्रवाहको अवस्था, भौतिक पूर्वाधार, कर्मचारीको व्यवस्थापनलगायत विषयमा जानकारी लिनुभएको थियो । महाप्रबन्धक शर्मालाई कार्यालयका प्रमुख नीरज गौतमले रासस कार्यालय नेपालगञ्जवाट भइरहेका सेवाप्रवाह र अन्य वस्तुगत अवस्थाका बारेमा जानकारी...
-
२०७६ भाद्र २३, सोमबार
अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत...
-
२०७६ भाद्र २३, सोमबार
सुदूरपश्चिममा खेलकूदको पूर्वाधार अभाव
सुदूरपश्चिम प्रदेशमा खेलप्रति युवाको आकर्षण बढ्दै गए पनि खेलाडीले खेलकूदका पूर्वाधार र सामग्री अभावको समस्या झेल्नु परिरहेको छ । यहाँ दक्ष प्रशिक्षकको अभावसमेत रहेको छ । प्रदेश खेलकूद विकास समितिको कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर मल्ल विभिन्न समस्या हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशले क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, कराते, कबड्डी, फुटबललगायत खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी...
-
२०७६ भाद्र २३, सोमबार
जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले राससलाई जानकारी दिनुभयो । मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन । पहिले एक...
-
२०७६ भाद्र २३, सोमबार
एकता र समर्पण नै विकासको आधार हो ः उपप्रम पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उहाँले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिनुभएको हो । विकासको नाममा सभ्यता र संस्कृतिको विनाश हुँदै गएकामा चिन्ता व्यक्त...
-
२०७६ भाद्र २३, सोमबार
न्यूनदृष्टियुक्तलाई प्रोत्साहन गर्न साङ्गीतिक कार्यक्रम
न्यूनदृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । सेतो छडी बोक्ने दृष्टिविहीनलाई ‘विचरा’ मात्र देख्नेको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणस्वरुप आइतबार यहाँ आयोजित कार्यक्रममा ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रम आयोजना गरी दृष्टिविहीन भएका व्यक्तिले विविध सांस्कृतिक...
-
२०७६ भाद्र २३, सोमबार
इन्द्रजात्रा मनाउन विदेशी प्रतिनिधि आउने
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रा पर्व भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहको छलफलमा उहाँले इन्द्रजात्रा अवलोकनका लागि विश्वका विभिन्न देशका पाँच शहरका प्रमुखसहित ४८ जना विदेशी जनप्रतिनिधि आउने पनि भएकाले भव्य बनाउनुपर्ने बताउनुभयो । “...
-
२०७६ भाद्र २३, सोमबार
महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित
महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुन् बाँकी छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पूर्ण खोप...
-
२०७६ भाद्र २३, सोमबार
नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्ने ः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई...
-
२०७६ भाद्र २३, सोमबार
पर्यटन मजदुरलाई निःशुल्क एकमहिने चिनियाँ भाषा तालीम
नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन युनिट्राभ गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालीम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालीम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताउनुभयो...
-
२०७६ भाद्र २३, सोमबार
सटर स्रोत’को भरमा धार्मिक संस्था
‘नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर सटर विवादका कारण चर्चामा छ । मन्दिर क्षेत्रमा व्यापारिक प्रयोजनका सटरहरु निर्माण गर्ने वा नगर्ने भन्नेमा विवाद चुलिएको छ । अधिकांशको सुझाव र दबाब मन्दिर परिसरमा सटर नबनाऊँ भन्ने छ । ‘अनि मन्दिर व्यवस्थापन खर्च कसरी चलाउने रु’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अहिलेको तनाव यति मात्रै हो । बागेश्वरी मन्दिर क्षेत्रको सडक चौडा गर्ने क्रममा...
-
२०७६ भाद्र २२, आइतबार
पुल नहुँदा जोखिमपूर्ण यात्रा
बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज अवस्थीले जानकारी दिनुभयो । खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेस्र्याएर खोला...


