relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र २२, आइतबार

    युनाइटेड क्लबको २० लाख सामाजिक क्षेत्रमा

    सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । पोखराको अमरसिंह चौरमा...

  • २०७६ भाद्र २२, आइतबार

    विधेयक पारित

    प्रतिनिधिसभाको आजको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन २०७६’ विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथि भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै उहाँले राजश्व अनुसन्धानलाई प्रभावकारी बनाउन सो विधेयक...

  • २०७६ भाद्र २२, आइतबार

    कैदीबन्दीका लागि आँखा शिविर

    नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...

  • २०७६ भाद्र २२, आइतबार

    कैदीबन्दीका लागि आँखा शिविर

    नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...

  • २०७६ भाद्र २२, आइतबार

    चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो

    कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ । नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उहाँले...

  • २०७६ भाद्र २२, आइतबार

    महाशिलाको आफ्नै लगानीमा सडक कालोपत्र

    कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ । प्राय स्थानीय तहहरु सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा सङ्घीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ । तर, पर्वतको...

  • २०७६ भाद्र २२, आइतबार

    ‘दउवासंघ’मा श्रेष्ठ विजयी

    यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहले प्रगतिशील व्यवसायीलाई हराउँदै जित हासिल गरेको छ । आज बिहान मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक विजय हासिल गरेको छ भने प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्र गरी ४४ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी थिए ।...

  • २०७६ भाद्र २२, आइतबार

    काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

    अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुभएको छ । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतक थापाकी बहिनी सावित्री...

  • २०७६ भाद्र २२, आइतबार

    डेढ वर्षदेखि कामचलाउ समितिको भरमा खानेपानी संस्था

    डेढ वर्षदेखि दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । यसअघि भएको आठौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नेतृत्व टुङ्ग्याउन नसक्दा तत्कालीन कार्यसमितिलाई कामचलाउका रूपमा राख्ने राजनीतिक सहमति भयो । तर त्यो समितिलाई प्रशासनिक र आर्थिक कुनै अधिकार पनि दिइएको थिएन । विसं २०७४ पुस १९ गते भएको उक्त साधारणसभामा तत्कालीन अध्यक्ष प्रदीप गौतम, तत्कालीन सचिव...

  • २०७६ भाद्र २२, आइतबार

    डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

    देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो । डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र,...

  • २०७६ भाद्र २२, आइतबार

    पुल नहुँदा जोखिमपूर्ण यात्रा

    बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज अवस्थीले जानकारी दिनुभयो । खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेस्र्याएर खोला...

  • २०७६ भाद्र २२, आइतबार

    छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा

    लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने...

Pages