STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १९, बिहिबार

    पूर्वसभासद् कार्की जेल चलान

    अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर डिवी कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक...

  • २०७६ भाद्र १९, बिहिबार

    पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति

    एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी...

  • २०७६ भाद्र १९, बिहिबार

    पोषण एप्सदेखि माटो जाँचसम्म

    भेरी नगरपालिकाले किसानको घर आँगनमै गएर माटो जाँच गरी सुहाउँदो बाली लगाउन प्रत्साहन गर्ने नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको छ । जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य जमीन र सम्भावना भएको यो नगरपालिकाको समुचित विकास तथा किसानको जीवनस्तरमा सुधार गर्न गुरुयोजना निर्माण गरी कामको थालनी गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । व्यासायिक र आधुनिक कृषिको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाउने र...

  • २०७६ भाद्र १९, बिहिबार

    हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ ः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला विकास समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ...

  • २०७६ भाद्र १९, बिहिबार

    कोदोको बीउ पाउनै मुस्किल

    पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो ।...

  • २०७६ भाद्र १९, बिहिबार

    १० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु

     वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५÷६६ देखि २०७५÷७६ सम्म आइपुग्दा सात हजार ४५५ ले रोजगारीका...

  • २०७६ भाद्र १९, बिहिबार

    सामूहिक प्रयासमा कालिजपालन

    विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो । सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको करीब २१ रोपनी जग्गामा तारबार गरेर कालिजपालन शुरु...

  • २०७६ भाद्र १९, बिहिबार

    असोज १२ देखि हार्डवेयर प्रदर्शनी मेला

    कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको कैलाली हार्डवेयर व्यवसायी सङ्घका...

  • २०७६ भाद्र १८, बुधबार

    घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

    बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिनुभयो । उहाँका अनुसार, लक्ष्य प्राप्तिका लागि अहिले सचेतनामूलक...

  • २०७६ भाद्र १८, बुधबार

    निर्वाचन कार्यालयको भवन निर्माण

    बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणको रु एक करोड ६४ लाख १४ हजारमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महीनामा सम्पन्न गर्ने सम्झौता भए पनि आठ महीना थप भएको थियो । नयाँ भवनमा कार्यालय स्थापना गरेर सेवा प्रवाह शुरु गरेको जिल्ला...

  • २०७६ भाद्र १८, बुधबार

    ५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

    उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर...

  • २०७६ भाद्र १८, बुधबार

    गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

    लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताउनुभयो । “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको...

Pages