STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोषण एप्सदेखि माटो जाँचसम्म

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

भेरी नगरपालिकाले किसानको घर आँगनमै गएर माटो जाँच गरी सुहाउँदो बाली लगाउन प्रत्साहन गर्ने नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको छ । जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य जमीन र सम्भावना भएको यो नगरपालिकाको समुचित विकास तथा किसानको जीवनस्तरमा सुधार गर्न गुरुयोजना निर्माण गरी कामको थालनी गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । व्यासायिक र आधुनिक कृषिको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाउने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले माटो जाँच गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाएको र सोहीअनुसार नयाँ जातको बीउको सिफारिस भएको नगरपालिकाका कृषि शाखाका यज्ञ अधिकारीले बताउनुभयो । पर्याप्त खेतीयोग्य जमीन हुँदाहुँदै पनि किसानका खेतबारी बाँझै हुनु दुःखत भएको बताउँदै उहाँले यहाँका प्रत्येक किसानलाई आत्मनिर्भर बनाउने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउन सहयोग पु¥याउन नगरपालिकाले आवश्यक बजेट र प्राविधिकसहितको टोली गाउँमा खटाएर कामको शुरुवात गरेको नगर उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा भेरी नगरपालिकाले ६० ठाउँमा नयाँ माटो जाँच गरी सोही अनुसारको बाली सिफारिस गर्ने योजना अगाडि सारेको पनि उहाँले बताउनुभयो । “पैसा छरेर मात्र विकासको गति अगाडि बढ्छ भने होइन”, नगरप्रमुख घर्तीले भन्नुभयो, “पहिला किसानले म, मेरो लागि गर्छु भनी आफ्नो आत्मालाई साक्षी राखेर सोच्नु पर्दछ, अनि मात्र नगरको लगानीले सार्थकता पाउँछ ।” त्यस्तै स्वास्थ्य तथा सरसफाइ नीति निर्माण सम्बन्धी छलफल गर्र्दै नगरपालिकाले प्रत्येक टोलमा स्वास्थ्य शिविर सञ्चालन कार्यलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको जनाएको छ । सबै वडामा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति र दरबन्दी अनुसारको स्वास्थ्यकर्मी परिचालनमा विशेष जोड दिएको नगरपालिकाले आमा र शिशुको पोषणयुक्त खानामा जोड दिएको बताइएको छ । नगरपालिकाले बुधबार ‘पोषण एप्स’ सञ्चालनमा ल्याएको छ । नेपालकै पहिलो पोषण एप्स रहेको सो एप्समा ९ बटा मेनु रहेको बताएको छ । भेरी नगरपालिकाको समृद्धिका लागि सबै व्यक्ति मेरो नगर भनेर लाग्नुपर्ने कुरामा समेत जोड दिइएको छ । नगरलाई हरियाली र पर्यटन प्रवद्र्धनका लागि भ्यूटावर निर्माणको कामसमेत शुरु भएको नगरपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय