राष्ट्रिय
-
२०७६ भाद्र १९, बिहिबार
हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ ः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला विकास समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ...
-
२०७६ भाद्र १९, बिहिबार
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५÷६६ देखि २०७५÷७६ सम्म आइपुग्दा सात हजार ४५५ ले रोजगारीका...
-
२०७६ भाद्र १९, बिहिबार
कोदोको बीउ पाउनै मुस्किल
पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो ।...
-
२०७६ भाद्र १९, बिहिबार
असोज १२ देखि हार्डवेयर प्रदर्शनी मेला
कैलाली हार्डवेयर व्यवसायी सङ्घले असोज महीनाको दोस्रो सातादेखि घर निर्माण सामग्रीसम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ को आयोजना गर्ने भएको छ । एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको कैलाली हार्डवेयर व्यवसायी सङ्घका...
-
२०७६ भाद्र १९, बिहिबार
सामूहिक प्रयासमा कालिजपालन
विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो । सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको करीब २१ रोपनी जग्गामा तारबार गरेर कालिजपालन शुरु...
-
२०७६ भाद्र १९, बिहिबार
गुणस्तरमापन भएपछि लागत कम हुने अनुमान
भारत हुँदै तेस्रो मुलुक जाने वस्तुको नेपालमै स्वच्छता र गुणस्तरमापन हुने भएपछि वस्तुको लागत कम हुने अनुमान गरिएको छ । यसभन्दा अघि कृषिजन्य पदार्थ र अन्य सामान निर्यात गर्दा भारतकै कोलकतामा मात्र स्वच्छता र गुणस्तरमापन हुने गरेकामा केही समयअघि भारत–नेपालबीच भएको समझदारीमा नेपालमै गुणस्तरमापन गरेर भारत निर्यात गर्ने सहमति भएको थियो । यो सहमतिपछि भारत निकासी गर्दा बहोर्नुपर्ने अनावश्यक झन्झटका साथै...
-
२०७६ भाद्र १९, बिहिबार
नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै
भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात प्रालिको एक–एक बस नेपालगञ्जबाट लखनऊ र...
-
२०७६ भाद्र १९, बिहिबार
केवलकार बन्द हुने
यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार सम्ममर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको...
-
२०७६ भाद्र १९, बिहिबार
फार्मलाई दुई करोड अनुदान
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायको कम्तीमा एक नमूना फार्म स्थापना गर्ने उद्देश्यसहित कृषकलाई अनुदान वितरण गरिने केन्द्रका...
-
२०७६ भाद्र १९, बिहिबार
कुटपिटमा संलग्न १६ जना पक्राउ
कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी...
-
२०७६ भाद्र १९, बिहिबार
गाई हत्याबारे छानबिन टोली घटनास्थलमा
सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ । उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिनुभयो ।...
-
२०७६ भाद्र १९, बिहिबार
पदमार्गमा झोलुङ्गे पुल निर्माण
धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्ने पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताउनुभयो । “खोलामा...


