relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र २०, शुक्रबार

    बिरामी नआउँदा सुनसान आयुर्वेद औषधालय

    प्राय दुर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको अभाबमा उपचारका लागि बिरामीहरू सदरमुकाम धाउन बाध्य भएको समाचार आइरहेका बेला यहाँका स्वास्थ्यकर्मीहरू बिरामीको बाटो कुर्छन्भन्दा अचम्म लाग्न सक्छ तर दिपायलस्थित जिल्ला आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीहरु सधैँ बिरामीको बाटो कुरिरहेका हुन्छन् । उक्त औषधालयमा कहिलेकाहीँ मात्रै एक–दुई बिरामी उपचारका लागि आउने गर्छन् । बिरामी नआएपछि...

  • २०७६ भाद्र २०, शुक्रबार

    होटल व्यवसायी सङ्घमा पुनः अर्याल

    होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन हुनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा शिवराम राउत चयन भएको सङ्घले जनाएको छ । सङ्घका...

  • २०७६ भाद्र २०, शुक्रबार

    कञ्चनपुरमा ठूला आयोजना ः प्रगति निराशाजनक

    कञ्चनपुरमा निमार्णाधीन आशलाग्दा विकास निर्माणका कामको गति भने निराशाजनक छ । पुल, सिँचाइका लागि बन्ने नहर, लोकमार्ग र हुलाकी सडक जस्ता नागरिकसित प्रत्यक्ष जोडिएका विकास निर्माण आयोजनाको कामसमयमा सम्पन्न हुने सम्भावना टर्दै गएका छन् । सन् २०२२ मा १५२ किलोमिटर लक्ष्य अनुसारको मूल नहर निर्माण सक्ने लक्ष्य लिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको गतिले किसानमा आशाभन्दा निराशा बढी छ । “एक दशकको...

  • २०७६ भाद्र २०, शुक्रबार

    झोलुङ्गे पुलको निर्माण सम्पन्न

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम ९टिबीएसयु०को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ३५ लाख ८१ हजार ४६९ को लागतमा निर्माण भएको सो पुलबाट ५४ घरधुरीका ५९४ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष डप्रसाद शेरपुजाले बताउनुभयो । यो पुलबाट पाखापानी, कोटगाउँ, रायखोर, कुइने,...

  • २०७६ भाद्र २०, शुक्रबार

    कागेश्वरीमा भक्तजनको भीड

    भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ । मन्दिरमा २२७ किलोको...

  • २०७६ भाद्र २०, शुक्रबार

    सामाजिक विकास समितिको प्रतिवेदन प्रदेशसभामा पेश

    सामाजिक विकास समितिका सभापति सरिता थापाले समितिको प्रतिवेदनसहित ‘प्रदेश सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा पेश गर्नुभयो । प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सो प्रतिवेदन उहाँले पेश गर्नुभएको हो । सभापति थापाले समान उद्देश्यले छरिएर रहेका पूँजीलाई एकीकृत गरी आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने सहकारी मुलुकको...

  • २०७६ भाद्र २०, शुक्रबार

    अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

    जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ । म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिङ्गालको परिकारको माग बढेको छ । जङ्गलमा पाइने...

  • २०७६ भाद्र २०, शुक्रबार

    विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गर्नुभयो । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता शर्माले नेपाली जनताको लामो...

  • २०७६ भाद्र २०, शुक्रबार

    मकैजोन क्षेत्रमै मकै जोगाउन मुस्किल

    प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ । मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि जङ्गली बँदेल र बाँदरकै कारण मकै उत्पादनमा ह्रास आउने सङ्केत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिनुभयो । मकै उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले किसानलाई...

  • २०७६ भाद्र २०, शुक्रबार

    जग्गामा महिलाको स्वामित्व बढ्दै

    सल्यानमा घर जग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दै गएको छ । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरुको स्वामित्व बढ्दै गएको हो । महिला, दलितलाई घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा ३० प्रतिशतसम्म...

  • २०७६ भाद्र २०, शुक्रबार

    मन्दिर जग्गाको छानबिन शुरु

    नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको जग्गा दुरुपयोगका सम्बन्धमा केन्द्रीयस्तरको एक टोलीले छानबिन शुरु गरेको छ । सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सो मन्दिरको ८४ बिघा जग्गाबारे छानबिन शुरु गरेको हो । त्यसका साथै मन्दिरका नाममा रहेका अन्य जग्गा पनि छानबिन गरिने बताइएको छ । यहाँस्थित मालपोत कार्यालयको २०५७ सालको विवरणमा उल्लेख भएअनुसार साबिक...

  • २०७६ भाद्र २०, शुक्रबार

    मानव बेचबिखनविरुद्ध विद्यार्थी पढाउँदै प्रहरी

    जाजरकोट प्रहरीले जिल्लाका सबै सामुदायिक विद्यालयमा मानव बेचबिखनविरुद्ध सचेतना प्रशिक्षण सञ्चालन गरेको छ । मावि तहका विद्यार्थीलाई लक्षित गरेर मानव बेचबिखनविरुद्ध सचेतनामूलक कक्षा चलाएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो । विद्यार्थीलाई केन्द्रित गर्दै विद्यालयमा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । एकोहोरो पाठ्यपुस्तक मात्र रटेर बसेका...

Pages