relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ भाद्र १८, बुधबार

    नाराको निर्वाचन भदौ २४ मा

    नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्ट नारा को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको तयारी तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । विसं २०४६ मा स्थापना भएको नारामा १०० हाराहारीमा व्यवसायी...

  • २०७६ भाद्र १८, बुधबार

    घर निर्माणको रकम नपाउँदा मुक्त हलिया समस्यामा

    पुनःस्थापनमा परेका मुक्त हलिया परिवार घर निर्माणका लागि दोस्रो किस्ताको रकम नपाउँदा मर्कामा परेका छन् । दोस्रो किस्ताको रकम नपाउँदा १५५ ‘क’ श्रेणीको परिचयपत्र पाएका मुक्त हलिया परिवारको घर निर्माणकार्य ठप्प छ । घर मर्मतका लागि ‘ख’ श्रेणीका ४२३ र ‘ग’ श्रेणीका १२ परिवारले समेत दोस्रो किस्ताको रकम नपाएको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताउनुभयो । “पुनःस्थापनाका लागि छनोटमा...

  • २०७६ भाद्र १८, बुधबार

    बाह्र सय कर तिर्न हजाराँै खर्च

    खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उहाँले भन्नुभयो, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु एक हजार २०० कर तिर्न रु १० हजार खर्च गर्नुपर्छ ।” स्थायी लेखा नम्बर पान लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि उहाँजस्ता...

  • २०७६ भाद्र १८, बुधबार

    घरमा सुत्केरी हुनेको दर शून्य बनाइँदै

    बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिनुभयो । उहाँका अनुसार, लक्ष्य प्राप्तिका लागि अहिले सचेतनामूलक...

  • २०७६ भाद्र १८, बुधबार

    निर्वाचन कार्यालयको भवन निर्माण

    बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणको रु एक करोड ६४ लाख १४ हजारमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महीनामा सम्पन्न गर्ने सम्झौता भए पनि आठ महीना थप भएको थियो । नयाँ भवनमा कार्यालय स्थापना गरेर सेवा प्रवाह शुरु गरेको जिल्ला...

  • २०७६ भाद्र १८, बुधबार

    ५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु

    उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर...

  • २०७६ भाद्र १८, बुधबार

    गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

    लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ । पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताउनुभयो । “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको...

  • २०७६ भाद्र १८, बुधबार

    उखु किसानले भुक्तानी पाए

    इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो । उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१।२८ का दरले रु ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिनुभयो । गएको वर्षमा...

  • २०७६ भाद्र १८, बुधबार

    माल्दिभ्सका राष्ट्रपतिसँग शिष्टाचार भेट

    मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बारेमा छलफल...

  • २०७६ भाद्र १८, बुधबार

    मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि

    आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झर्नुभयो । उहाँहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका...

  • २०७६ भाद्र १८, बुधबार

    झुलाघाट नाकाबाट निर्यात शून्य

    जिल्लास्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ । भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ । उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिनुभयो...

  • २०७६ भाद्र १८, बुधबार

    घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

    स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो । वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म...

Pages