STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १६, सोमबार

    माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिनुभयो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान शुरु...

  • २०७६ भाद्र १६, सोमबार

    निःशुल्क हुन सकेन सरकारी शिक्षा

    सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने गरेको बताउनुभयो । “हामीले परीक्षा शुल्कसहित प्रत्येक...

  • २०७६ भाद्र १६, सोमबार

    ऋषिपञ्चमी

    भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आजा...

  • २०७६ भाद्र १६, सोमबार

    पत्रकार र कर्मचारी सम्मानित

    नेपाल निजामती कर्मचारी सङ्गठन झापाका पूर्वअध्यक्ष स्व प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारबाट शनिबार झापामा एक पत्रकारसहित तीन पुरस्कृत भएका छन् । सङ्गठनले स्थापना गरेको प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेल पुरस्कृत हुनुभएको छ भने प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति...

  • २०७६ भाद्र १६, सोमबार

    चाडपर्वले राष्ट्रिय एकता सुदृढ ः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं...

  • २०७६ भाद्र १६, सोमबार

    विद्यालय भवन निर्माण

    विद्यालय सुधार कार्यक्रमअन्तर्गत यहाँको कालिका हिमालय माविको हातामा थप चार भवनको निर्माण कार्य सम्पन्न भएको छ । उक्त विद्यालयका थप भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन एकाइ शिक्षा मार्फत जापानिज फण्ड फर पोभर्टी रिडक्सनको आर्थिक सहयोग एवं एशियाली विकास बैंकको प्राविधिक सहयोगमा रु १० करोड ३७ लाख ९७ हजारको लागतमा निर्माण भएको हो । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज...

  • २०७६ भाद्र १६, सोमबार

    दलित तथा सीमान्तकृत परिवारलाई सौर्यबत्ती

    दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडाका दलित, थामी तथा सीमान्तकृत समुदायका घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो । उज्यालो मेलुङ नारालाई साकार पार्न अनुदान वितरण गर्न शुरु गरेको सौर्यबत्ती सेटमा...

  • २०७६ भाद्र १६, सोमबार

    पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव

    कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गर्नुभयो । प्रतिष्ठानको सङ्गठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिका बारेमा उहाँले कर्मचारीसँग जानकारी लिनुभएको थियो । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि...

  • २०७६ भाद्र १६, सोमबार

    पुस्तकालय भवन निर्माण

    म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरी कूल रु १९ लाख लागतमा एककोठे भवन निर्माण भएको हो । संस्थाले रु १६ लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयवासीबाट रु तीन लाख बराबरको श्रमदान भएको शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । संस्थाले एक हजार ४०० थान विभिन्न विधाका पुस्तक पनि उपलब्ध गराएको...

  • २०७६ भाद्र १६, सोमबार

    डेङ्गु किटको अभाव हुन दिँदैनौँ ः महानगर प्रमुख दाहाल

    भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ । महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताउनुभयो । भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसलगत्तै महानगरले...

  • २०७६ भाद्र १६, सोमबार

    गैँडा गणना चैतमा

    यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा गैँडा गणना एकसाथ गरिने छ । विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गैँडा गणनाका लागि...

  • २०७६ भाद्र १६, सोमबार

    शिवालयमा भक्तजनको भीड

    महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर...

Pages