राष्ट्रिय
-
२०७६ भाद्र १७, मंगलबार
हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै
नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ । हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ । ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी...
-
२०७६ भाद्र १७, मंगलबार
सेनाको एयर बेस स्थापना
नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गर्नुभयो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बेसमा ह्याङ्गर निर्माण...
-
२०७६ भाद्र १७, मंगलबार
तीन दिनदेखि वार्ता प्रयास जारी
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ । तालाबन्दीपछि विश्वविद्यालयले साउन अन्तिम साता गठन गरेको वार्ता समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समेत त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा भएको तालाबन्दीलाई आन्दोलनरत पक्षका...
-
२०७६ भाद्र १७, मंगलबार
स्वरुप फेर्दै तुलसीपुर बजार
तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भ¥याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ । बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ...
-
२०७६ भाद्र १७, मंगलबार
एक करोड कमका योजनामा डोजर प्रयोग बन्द
वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष...
-
२०७६ भाद्र १७, मंगलबार
पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय
बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्माण अन्तिम चरणमा छ । निर्माणाधीन अवस्थामै रहेको सङ्ग्रालयको सुरुङ हेर्न तथा मन्दिर अवलोकनका लागि दैनिक २०० देखि ३०० पर्यटक आउन थालेका छन् । करिब ७६...
-
२०७६ भाद्र १७, मंगलबार
आत्मनिर्भर बन्दै महिला
बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थाल्नुभएको थियो । उहाँले बाख्रा पालेरै छोराछोरी पढाउनुभयो, घर खर्च चलाउनुभयो र केही तरकारी पनि फलाउनुभयो । कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाउनुभएको छ । नियमित बाख्रापालन गरेर उहाँले कमाइ मात्र गर्नुभएन, सहकारीमा आबद्व सदस्य र...
-
२०७६ भाद्र १७, मंगलबार
फौजी कीराको प्रकोपले किसान चिन्तित
धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् । गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “दिनमा भन्दा रातिमा धेरै...
-
२०७६ भाद्र १७, मंगलबार
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत
जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण...
-
२०७६ भाद्र १७, मंगलबार
श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाच सकियो
करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै शुरु भएको वर्खेनाच यसवर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ । भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । परापूर्वकालमा समाजमा दुःख दिएको र...
-
२०७६ भाद्र १७, मंगलबार
वर्सेनी वर माग्न हजारौ भक्तजन आउँछन्–बडिकेदार मेलामा
नाकै अगाडि ठिङ्ग उभिएजस्तो देखिने अपी र शैपाल हिमालको सेताम्मे चुचुरा । कर्णाली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । नाङगो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि र टाउको तन्काएर हेर्दा भारतको उत्तरप्रदेशको भू–भाग । राइसल्ला र खर्सुका ठूल–ठूला जङ्गल । भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर हो डोटीको ‘बडिकेदार’ ।...
-
२०७६ भाद्र १७, मंगलबार
अघ्र्य दान गरी समापन गरियो गणेश चतुर्थी व्रत
अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित अघ्र्य दिएर यस वर्षको गणेश चतुर्थी व्रत समापन गरिएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण गणेश चतुर्थी व्रत सोमबार हरितालिका तीजकै दिन परेको थियो । सोमबार व्रत बसेका भक्तजनले आज बिहानै पूजासहित अघ्र्य दान गरेर व्रत समापन गरेका हुन् । यस अवसरमा...


