राष्ट्रिय
-
२०७६ भाद्र १५, आइतबार
जापानमा राष्ट्रिय ध्वजा फहराउँदा
चालिस हजार फिट भन्दामाथि उचाइको आकासमा चन्द्र र सूर्य ध्वजासहितको विमान एसियाकै विकसित मुलुक जापानको भूमिमा अवतरण गर्दा नेपाली मन उमङ्गले तरङ्गित भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको ए–३३०–२०० वाइड बडी जहाज साढे छ घण्टाको उडानपछि जापानको ओसाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्दा गडगडाहट ताली बज्यो । जम्मा १४९ यात्रु लिएर जापान ओर्लिएको नेपाली जहाजले...
-
२०७६ भाद्र १५, आइतबार
पशुपतिमा तीजको तयारी पूरा
यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम...
-
२०७६ भाद्र १४, शनिबार
अझै केही दिन वर्षा लम्बिने
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “अहिले मनसुनको कुनै प्रभाव छैन”, मौसमविद् कँडेले भन्नुभयो । उहाँका अनुसार वर्षा अझै केही दिन...
-
२०७६ भाद्र १४, शनिबार
तीजमा सार्वजनिक बिदा
तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार...
-
२०७६ भाद्र १४, शनिबार
बेचबिखनविरुद्धको दिवस मनाउन शुरु
भीमदत्तनगरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औँ राष्ट्रिय दिवस साताव्यापीरुपमा मनाउन शुरु गरिएको छ । ‘सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले संयुक्तरुपमा दिवस मनाउन थालेका हुन् । नगरपालिकाका उपप्रमुख सुशीला चन्दले पश्चिमी सीमानाका गड्डाचौकीबाट मानव बेचबिखन तथा...
-
२०७६ भाद्र १४, शनिबार
तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने
यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास...
-
२०७६ भाद्र १४, शनिबार
नाकासँग जोडिँदै सडक
कुनै समय सडक–सञ्जालदेखि टाढा रहेको दाङको सीमानाका पछिल्लो समय सडक सञ्जालले जोडिन थालेको छ । सडक सञ्जाल विस्तार नहुँदा सीमा नाकाले जिल्ला सदरमुकामलाई बिरानो ठान्दै आएको थियो तर अब भने नाका क्षेत्र सडकसँग जोडिन थालेपछि नाकावासी खुशी भएका छन् । “पहिले नाका क्षेत्र निकै पिछडिएको थियो, सडक सञ्जालको विस्तार हुन सकेको थिएन”, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भन्नुभयो, “तर अहिले सडकसँग जोडिन...
-
२०७६ भाद्र १४, शनिबार
चन्द समूह परित्याग
आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनिहरुले बताएका छन् । आत्मसमर्पण गर्नेमा गल्छी गाउँपालिका–३ मुलाबारीका ५३ वर्षीय ध्रुवप्रसाद खनाल, ४२ वर्षीय...
-
२०७६ भाद्र १४, शनिबार
नेपाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी
नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझै पनि पर्याप्त पर्यटक भित्रने गरेका छैनन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा गाउँ–गाउँमा पर्यटक भित्र्याउन सबै लागिपरेका देख्न सकिन्छ । पाँचपोखरी आफँैमा एक सुन्दर गन्तव्य हो । समुद्री सतहबाट...
-
२०७६ भाद्र १४, शनिबार
तनहुँमा नौ जनामा डेङ्गु
जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ । गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको...
-
२०७६ भाद्र १४, शनिबार
समृद्ध समाजवादको आधारशिला निर्माण गर्दै सरकार, नेपाली जनतामा खुशी ल्याउँछौं स् सञ्चार तथा सूचना प्रविधिमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र हिमालका जनतामा खुशीको सञ्चार प्रवाह हुन थालेको उल्लेख गर्नुभयो । राजनीतिक संक्रमण अन्त्य भएको र जनताको बलिदानबाट प्राप्त...
-
२०७६ भाद्र १४, शनिबार
मानसिक रोगीको आश्रयस्थल बन्दै सहारा घर
कैलालीको बर्दगोरिया –२ मा रहेको सहारा घर सडक जीवन बिताइरहेका मानसिक रोगीहरुको आश्रयस्थल बन्दै गएको छ । देख्दै घिन लाग्ने सडकमा फालेका फोहर चिज टिपेर खाने, जिग्रिङ्ग्र कपाल पालेका, फोहोरी मान्छे सोच्दै घिन लाग्छ जो कोहीलाई तर सहारा घरले यस्तै मानसिक रोगीहरुलाई आश्रय दिइरहेको छ । स्थानीयवासी बलबहादुर विष्टले आफ्नै निजी पहलमा सञ्चालन गर्नुभएको सहारा घरमा अहिले ४४ जना मानसिक रोगी आश्रय लिइरहेका छन्...


