राष्ट्रिय
-
२०७६ भाद्र १३, शुक्रबार
राष्ट्रपतिसँग शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेट ग¥यो । त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान...
-
२०७६ भाद्र १३, शुक्रबार
उमेर नपुग्दै विवाह परिपक्वतासंँगै सम्बन्धविच्छेद
गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको । थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो । राजबहादुरले श्रीमतीलाई अनावश्यक आशङ्का गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाल्नुभयो । सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा...
-
२०७६ भाद्र १३, शुक्रबार
कुशे पाटन शिकार आरक्ष स्थापना हुने
स्थानीय कुशे गाउँपालिकाले ८ र ३ नं वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले ती वडाको माथिल्लो भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ ।गाउँपालिकाले आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी अध्ययन गरेको सिकार आरक्ष जुम्लास्थित चार हजार ३८८ मिटर उचाइको कुशे पाटन...
-
२०७६ भाद्र १३, शुक्रबार
मुख्य क्षेत्रमा नमूना कृषि गाउँ बनाइने
डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने भएको छ । दुवै जिल्लाका विभिन्न भौगोलिक अवस्थितिअनुसारका बाली पहिचान गरी प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ स्थापना गर्न लागिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको सो कृषि ज्ञान केन्द्रले डडेल्धुराका सात र डोटीका नौ गरि १६ स्थानीय तहमा कार्यक्रम लागू गरिने जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि लागू भएको...
-
२०७६ भाद्र १३, शुक्रबार
देशभर एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी
नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फरार अपराधीबाट रु १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी रहेको बताउनुभएको छ । कार्यक्रममा...
-
२०७६ भाद्र १३, शुक्रबार
बगर बन्दै धुर्सेनी बस्ती
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिराका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ । यस वर्ष वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन् । गाउँमाथिबाट खस्ने पहिराले स्थानीयका अधिकांश खेतमा ठूलो क्षति पुगेको र बस्ती नै बगर बन्ने खतरामा रहेको स्थानीयवासी चन्द्र विकको भनाइ छ । उहाँका अनुसार मङ्गरा र...
-
२०७६ भाद्र १३, शुक्रबार
छ हजार मेट्रिक टन स्याउ उत्पादन
जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिनुभएको छ । उहाँहरू दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उहाँहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । अधिकांश किसान बिहानैदेखि राति अबेरसम्म...
-
२०७६ भाद्र १३, शुक्रबार
कृषि उद्यमतर्फ आकर्षण
जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् । कृषि तथा वनजन्य उद्योगतर्फ महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको छ । अहिले व्यावसायिक उत्पादनको उद्देश्य राखेर कृषि तथा वनजन्य...
-
२०७६ भाद्र १३, शुक्रबार
एक घर, एक उत्पादन’मा जोड
शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ । वडाले एक घर, एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो । सो वडाले एक घर, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीयवासीलाई स्वरोजगारतर्फ उन्मुख बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीका घार उपलब्ध गराउन लागिएको वडाध्यक्ष...
-
२०७६ भाद्र १३, शुक्रबार
अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन
झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको पाइएपछि तत्काल अनुज्ञापत्र लिन निर्देशन दिइएको छ ।...
-
२०७६ भाद्र १३, शुक्रबार
चार खानीलाई उत्खननको अनुमति
खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई...
-
२०७६ भाद्र १३, शुक्रबार
गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा...


