राष्ट्रिय
-
२०७६ भाद्र १३, शुक्रबार
पोल गाडेको दुई वर्षपछि बिजुली
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो । “हामीले धेरै प्रयत्नका साथ शुरु...
-
२०७६ भाद्र १३, शुक्रबार
चार पुल सञ्चालनमा
दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताउनुभयो । पुल निर्माण कार्य पूरा भएपछि ती पुलमा गाडी आवतजावत गराउन थालिएको हो । यसअघि पुल सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती भएको थियो । तर अहिले सहज भएको छ । “लामो समयदेखि पुल निर्माण नहुँदा...
-
२०७६ भाद्र १३, शुक्रबार
पोल्ट्री महासङ्घद्वारा प्रयोगशाला सञ्चालन
नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग गरिने मकै, भटमास, ढुटोसँगै विभिन्न...
-
२०७६ भाद्र १३, शुक्रबार
फौजी किराले अन्नबाली सखाप
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् । फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै उजाड बनाउन थालेपछि गाईवस्तु र...
-
२०७६ भाद्र १३, शुक्रबार
मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै
उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् । यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न...
-
२०७६ भाद्र १३, शुक्रबार
पचास परिवार बाढीको जोखिममा
सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ । नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो । हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हँुदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पु¥याएको हो । बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेका...
-
२०७६ भाद्र १३, शुक्रबार
राससकर्मी बाँस्तोला सम्मानित
रेन्बो चिल्ड्रेन होम नेपालले राष्ट्रिय समाचार समिति रासस का पत्रकार हरि बाँस्तोलालाई सम्मान गरेको छ । उक्त संस्थाको ११औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा बालबालिकाको संवद्र्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकामा उहाँसहित गोरखापत्र दैनिकका तारा चापागार्इं र गोर्खाली रेडियोका खिमा गुरुङलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सम्मान गर्नुभएको थियो । यसैगरी एसइई...
-
२०७६ भाद्र १३, शुक्रबार
सामाजिक सद्भावका लागि ‘स्कूल’ कार्यक्रम
सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि ‘स्कूल’ कार्यक्रम गरिएको छ । बास संस्थाद्वारा सञ्चालित दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजनाअन्तर्गत स्कूल कार्यक्रमको आयोजना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सामाजिक सद्भाव प्रर्वद्धनका विभिन्न गतिविधि सञ्चालन गर्न मद्दत पु¥याउने उद्देश्यले बिहीबार सो कार्यक्रम गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो...
-
२०७६ भाद्र १३, शुक्रबार
राजस्व छली गर्नेलाई सरकारले छाड्दैनः अर्थमन्त्री खतिवडा
सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो । सरकारले व्यवसायी माथि दुःख दिने नियत नराखेको प्रष्ट पार्दै उहाँले इमान्दार...
-
२०७६ भाद्र १३, शुक्रबार
विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने
सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ । राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति...
-
२०७६ भाद्र १२, बिहिबार
महानगरमा लिफ्ट जडानको हुँदै
ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट उचाल्ने यन्त्र को काम ७५ प्रतिशत सम्पन्न भएको छ । सो कार्यालय भित्रिने विदेशी पाहुना, कार्यालयका कर्मचारी, यहाँ उपस्थित फरक क्षमता भएका व्यक्ति, असक्त, वृद्धवृद्धा र सेवाग्राहीलाई ध्यानमा राखी महानगरले लिफ्ट जडानको काम अघि बढाएको हो । महानगरपालिका र आरएमएस इन्टरनेशनल कम्पनीबीच लिफ्ट जडानको पहिलो सम्झौता विसं २०७५ फागुन २१...
-
२०७६ भाद्र १२, बिहिबार
गोदावरी नगरपालिकाको आम्दानी बढ्यो
कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । नगरपालिकाले करको दायरा बढाएपछि आन्तरिक आयमा बढेको हो । नगरपालिकाले गत आव २०७५÷७६ मा रु २१ करोड ८६ लाख ४६ हजार ४०१ राजश्व सङ्कलन गरेको आन्तरिक लेखा परीक्षण अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले अघिल्लो आव २०७४÷७५ मा रु दुई करोड ५६ लाख दुई हजार २०६ राजश्व सङ्कलन भएको बताउनुभयो । अघिल्लो आवकोे तुलनामा गत आवमा रु १९ करोड ३० लाख ४४...


