STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र १०, मंगलबार

    हङकङबासीले बनाइदिए शौचालय

    हङकङमा बसोबास गर्दै आएका यहाँका मानिसले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरुले फुङलिङको तोक्मेडाँडास्थित हटियाबजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् । रु २८ लाखको लागतमा निर्माण गरिएको उक्त शौचालय फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको...

  • २०७६ भाद्र १०, मंगलबार

    ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण

    पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी सङ्गीत प्रशिक्षण कार्यक्रम अघि बढाइएको सङ्घका सङ्गीत व्यवस्थापक रुपेन्द्र पुरीले...

  • २०७६ भाद्र १०, मंगलबार

    डिपबोरिङबाट पानी

    वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका–१३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन् । नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । विद्युत्बाट पानी निकाल्ने काम हुने अपरेटर राजेश बिसीले बताउनुभयो । पच्चीस मिनेटमा...

  • २०७६ भाद्र १०, मंगलबार

    विद्यालयमा हडताल गरे पचार हजार जरिवाना 

    कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन । उक्त उपदफामा “कसैले...

  • २०७६ भाद्र १०, मंगलबार

    नेपाल एयरलाइन्सको उडान बन्द हँुदा यात्रु मर्कामा

    विसं २०६३ असार १३ गते मुगुको रारा विमानस्थलमा सफल परीक्षण उडान गरेर नेपालगञ्जदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले हप्तामा नियमित दुुई उडान गर्दै आएको भए पनि गत वैशाखदेखि बिनाजानकारी उडान बन्द गर्दा यात्रु मर्कामा परेका छन् । गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको छ । नेपाल एयरलाइन्सले हालसम्म जानकारीबिना नेपालगञ्ज–रारा उडान सेवा बन्द गर्दा यात्रु...

  • २०७६ भाद्र १०, मंगलबार

    केराखेतीमा थोपा सिँचाइ

    व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पु¥याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो । “बोरिङबाट सिँचाइ गर्दा अधिक पानीको प्रयोग हँुदा चाहिनेभन्दा बढी पानी खर्च हुन्थ्यो”, रानाले भन्नुभयो, “एक बिघामा रोपिएको केराखेतीमा थोपा सिँचाइ जडान गरेपछि...

  • २०७६ भाद्र १०, मंगलबार

    पारिश्रमिकको रकम सामाजिक संस्थालाई

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो । वडामा गठन भएका १३ आमा समूहलाई रु १०÷१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल...

  • २०७६ भाद्र १०, मंगलबार

    सम्पदाबारे जानकारी दिन पदयात्रा

    ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशीलगायत विदेशी पर्यटक भित्र्याउन लागिपरेका अध्यक्ष...

  • २०७६ भाद्र १०, मंगलबार

    लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु

    जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन जेभीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम शुरु गरेको छ । मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि दरवाङको म्याग्दीखोला पुलसम्म १६ किलोमिटर सडक...

  • २०७६ भाद्र १०, मंगलबार

    पुलबाटै गुड्न थाले गाडी

    ट्रक ठोक्ँिकदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल एकको स्थानमा करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । गएको शनिबार डाइभर्सनमा सामान्य क्षति भएपछि केही समय पुलबाटै एकतर्फी यातायात सञ्चालन गरिएको थियो । पुल मर्मतको काम पूर्णरूपमा सम्पन्न भएसँगै गए...

  • २०७६ भाद्र १०, मंगलबार

    रु ३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

    बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको रु एक करोड ९७ लाख र प्रदेश सरकारको रु एक करोड ९७ लाख गरेर नाली निर्माण तटबन्धन...

  • २०७६ भाद्र १०, मंगलबार

    मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइयो

    नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला सङ्घ काठमाडौँ जिल्लाको आयोजनामा आज बिहान स्व सिंहको सालिक रहेको ठाउँ शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी माल्यापर्ण गरिएको हो । कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशमान सिंहले नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी भएको बताउनुभयो । “नेपालमा...

Pages