राष्ट्रिय
-
२०७६ भाद्र ११, बुधबार
तीन पुल निर्माण सम्पन्न
नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन् । ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । निर्माणको चरण...
-
२०७६ भाद्र ११, बुधबार
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित...
-
२०७६ भाद्र ११, बुधबार
कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ
पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किनुभयो । कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उहाँको कुरा काट्न थाले । सरसापट र...
-
२०७६ भाद्र ११, बुधबार
सुदूरपश्चिम प्रदेशमा नमुना कृषि कार्यक्रम
सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । प्रत्येक स्थानीय तहका एक वडा अथवा गाउँ छनोट गरी कार्यक्रम...
-
२०७६ भाद्र ११, बुधबार
सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो
नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने...
-
२०७६ भाद्र ११, बुधबार
जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण
जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ । गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि सिद्धकुमाख गाउँपालिका–३ का स्थानीयवासीले पुराना पोखरीको संरक्षणका लागि अभियान थालेका हुन् । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि अभियान चलाएको स्थानीयवासीले बताएका छन् । अहिले स्थानीयवासीले गाउँ तथा सामुदायिक वनका अग्ला स्थानमा पानी संरक्षणका...
-
२०७६ भाद्र ११, बुधबार
संविधान दिवसमा घरघर र हातहातमा फहरिनेछ राष्ट्रिय झण्डा
राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष...
-
२०७६ भाद्र ११, बुधबार
भाइरल ज्वरोका बिरामी बढे
भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भन्नुभयो, “हालसम्म भाइरलका बिरामी आउने क्रम रोकिएको छैन ।”...
-
२०७६ भाद्र ११, बुधबार
जङ्गली तरकारी बेचेर जीवनयापन
कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा बुढा कुमालले बताउनुभयो । गुलरिया नगरपालिका–९ का दलित महिला जङ्गली तरकारी बेचेर घरखर्च...
-
२०७६ भाद्र ११, बुधबार
थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’
पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटना भइरहेका छन् । खासगरी महीनावारी भएका...
-
२०७६ भाद्र ११, बुधबार
परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती–मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि...
-
२०७६ भाद्र ११, बुधबार
तरकारी बाली सुकेपछि किसान चिन्तित
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उहाँलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ । उहाँजस्तै वडा नं ५ का भोलाप्रसाद...


